नेभिगेशन
LEADING_MAIN

एञ्जाको तेश्रो अधिवेशन क्यानबेरामा हुने 


सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसन( एञ्जा) को तेश्रो अधिवेशन आगामी फेब्रुअरी २१ र २२ तारिखमा क्यानबेरामा हुने भएको छ । एञ्जाको हालै बसेको बैठकले सो निर्णय गरेको सस्थाका प्रबक्ता तक्दीर अधिकारिद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ । उनका अनुसार बैठकमा कार्यसमितिका पधाधिकारी, संरक्षक र सदस्यहरुले भाग लिएका थिए । अधिवेशनलाई भब्य र सभ्य रुपले कसरि सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा बैठकमा व्यापक छलफल भएको र अध्यक्ष चिरञ्जीवी देवकोटा संयोजकत्वमा तयारि समिति गठन गरिएको जनाईएको छ ।

तयारि समितिको सदस्यहरुमा सस्थाका उपाध्यक्षहरु , महासचिव, सचिव , कोषाध्यक्ष, प्रवक्ता र  पब्लिक अफिसर रहेका छन् । त्यसैगरी बैठकले  बरिष्ठ उपाध्यक्ष कृष्ण तिवारीको संयोजकत्वमा विनायक अधिकारी, गणेश भट्ट र खगेन्द्र सत्याल सदस्य रहेको आर्थिक र अन्य व्यवस्थापनको उपसमिति बनाउने  निर्णय गरेको छ । समितिले अधिवेशनका लागि भेन्यु तय गर्ने, समुदायका सदस्यहरुलाई निमन्त्रणा गर्ने , आर्थिक संकलन र व्यवस्थापनको काम गर्नेछ ।
 एञ्जाले हरेक दुई / दुई बर्षमा प्रदान गर्दै आएको टिका कार्की स्मृति पुरस्कार छनौट समितिमा संस्थाका अध्यक्ष, कानुनी सल्लाहकार टोनु घोताने र प्रतिज्ञा अधिकारी रहेको समिति समेत गठन गरेको छ । सस्थाले यहि जनवरी जनवरी २५ तारिखसम्म आफ्नो सदस्यता नबिकरण गर्न पनि सम्बद्ध सबैसंग अनुरोध गरेको छ । सस्थाको  सदस्यता शुल्क र अधिवेशनमा सहभागीता शुल्क १००/१०० डलर कायम गर्ने तथा मताधिकार नहुने काउन्सिल सदस्यको हकमा सदस्यता शुल्क ५० डलर कायम गर्ने सो बैठकले निर्णय गरेको छ । एन्जाको पहिलो अधिवेशन साउथ अष्ट्रेलियाको एडिलेडमा र दोश्रो अधिवेशन तास्मानियाको हवार्डमा  सम्पन्न भएको थियो । आगामी अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्वको चयन गर्नेछ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्