न्युजिल्यान्डको अकल्यान्डलाई कर्मथलो बनाएर नेपाली समाजलाई पहिचान दिलाउने अभियानमा लागेका बाणिज्यदुत दिनेश खड्कालाई न्युजिल्यान्ड सरकारले न्युजिल्यान्ड मेरिट अफ अवार्ड उपाधिवाट बिभुषित गर्ने भएको छ । न्युजिल्यान्डको नेपाली समाजका अगुवाका रुपमा चिनिने खड्कालाई न्युजिल्यान्डको नेपाली समाजमा अतलनिय योगदान दिएबापत सो उपाधि प्रदान गर्न लागिएको बताइएको छ । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिष्टोफर लुक्सनद्धारा पठाइएको उपाधि प्रदान गर्ने निर्णयको पत्रमा भनिएको छ ।
नेपाली समुदाय र यहाको समाजमा खड्काको योगदान आफैमा महत्वपुर्ण र गौरवशाली भएकोले न्युजिल्यान्ड सरकारकोतर्फवाट यो सम्मान प्रदान गर्न लागिएको प्रधानमन्त्रीद्धारा हस्ताक्षरीत पत्रमा उल्लेख छ । न्युजिल्यान्डका अर्डर अफ मेरीट पाउने खड्का संभवत पहिलो नेपाली मुलका नागरिक हुन । स्थानिय राजनिती र नेपाली समुदायको सरोकारमा सधै अग्रस्थानमा रहेका दिनेश खड्काले पछिल्लो कोरोनाकाल र त्यसपछिका दिनहरुमा नेपाली विध्यार्थी र समुदायका हितमा निकै महत्वपुर्ण कार्यहरु गर्दै आएका छन । यसै क्रममा उनलाई नेपाल सरकारले बाणिज्यदुत नियुक्त गरेको थियो । त्यसपछि पनि बसाइ, पढाइ र कामका दौरान समस्यामा परेका नेपालीहरुको बिषयमा समाधानको वाटो खोज्ने र न्युजिल्यान्ड सरकारसँंग सहकार्य गर्नेकाममा खड्काले महत्वपुर्ण जिम्मेबारी वहन गरेका थिए ।