नेभिगेशन
भिक्टोरिया

ऋचा मेमोरियल क्रिकेटको उपाधि सगरमाथालाई

ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिग क्रिकेट प्रतियोगिताको उपाधि सगरमाथा ब्लुजले हात पारेको छ । फाइनलमा प्रतिद्धन्द्धी फार वेस्र्टन हन्टर्स क्लबलाई ५१ रनले पराजित गर्दै सगरमाथाले ट्रफी जित्न सफल भएको हो । 
 मेलबर्नमा सम्पन्न प्रतिस्पर्धामा पहिलो ब्याटिङ गर्दै सगरमाथा ब्लुजले दुइ सय १६ रन जोडेको थियो । प्रतियोगिताको फाइनलमा दुइ सय १७ रनको विजय लक्ष्य पछ्याएको फार वेस्र्टन हन्टर्स एक सय ६५ रनमा समेटिन पुगेको थियो । 
फाइनलमा सगरमाथाका रसिम कडेंलले ५७ रनको योगदान दिएका थिए । फाईनलको म्यान अफ दि म्याच रसिम कँडेल घोषित भए ।
 फार वेष्टर्न हन्टर्सका केशव पन्त प्लेयर अफ दि टुर्नामेन्ट बने, उनले कूल २ सय ७ रन बनाएका थिए भने १४ विकेट लिएका थिए । यस्तै बेष्ट व्याटर सुनील भट्ट, बेष्ट बलर विक्रम तिवारी, वेष्ट विकेट किपर आशिष जिसी, बेष्ट फिल्डरको उपाधि भुषण तिवारीले हात पारे । ईमर्जिंग प्लेयर अफ दि टुर्नामेन्ट अनमोल बस्नेत घोषित भए । यस्तै फेयर प्ले अवार्ड गोर्खा लायन्स क्रिकेट क्लबले जितेको छ । 
 भिक्टोरियाका १६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेता सगरमाथाले ट्रफी सहित चार हजार डलर नगद प्राप्त गरेको छ । विकेन्डमा लिग कम नक आउटका आधारमा खेलाइएको प्रतियोगिताको प्रायोजन एक्सपर्ट एजुकेशनले गरेको थियो । 

पुर्वेली क्रिकेटका पीता भनेर चिनिने स्वर्गिय नरेश श्रेष्ठ र पुर्व राष्ट्रीय क्रिकेट खेलाडीद्धय मन्जित श्रेष्ठ र युनिल श्रेष्ठकी बहिनी ऋचाको अल्पायुमा अस्ट्रेलियामा निधन भएको थियो । उनै ऋचाको संझनामा उनका श्रीमान विवेक श्रेष्ठले मेलवर्नमा हरेक बर्ष यो प्रतियोगिता आयोजना गर्दै आएका छन । 
प्रतियोगिताको विजेतालाई नगद तथा ट्रफी बितरण गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्नका निर्देशक सरोज शर्माले खेल भावनाले प्रतियोगितामा हातेमालो गर्ने सबै खेलाडीलार्ई धन्यवाद प्रदान गरे । यसैगरी उपविजेता फार वेष्टर्न हन्टर्स क्रिकेट क्लबलाई भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसनका अध्यक्ष सुदीप न्यौपानेले पुरस्कार, मेडल र ट्रफी हस्तान्तरण गरेका थिए । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्