नेभिगेशन
नर्दन टेरिटोरी

डार्बिनमा टोपी दिवस मनाइयो 


सिड्नी । अन्तराष्ट्रिय टोपी दिवसको अवसरमा एनआरएनए नर्दन टेरिटोरि राज्य समिति र नेप्लिज एसोसियसन अफ नर्दन टेरिटोरिको सयुक्त आयोजनामा डार्बिनमा टोपी दिवस मनाइयो । नयाँ बर्ष २०२५ तथा टोपी दिवसको अवसर पारेर ती सस्थाहरुले  मरारा स्थित फिलिपिनो हलमा सो कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रमको बारेमा नेपाल न्युजसंग कुरागर्दै एनआरएनए नर्दन टेरिटोरि राज्य समितिका संयोजक संजीव गोर्खालीले सगरमाथा जस्तै अटल रुपमा नेपालीको शिरमा लगाईदै आएको टोपीको महत्वका बारेमा यहाँको बहुसास्कृतिक समुदायलाई जानकारी दिने उद्देस्यले दार्बिनामा टोपी दिवस कार्यक्रम गरिदै आएको बताए ।

 संयोजक गोर्खालीले हरेक बर्ष गरिदै आएको यो कार्यक्रममा धेरै समुदायलाई प्रतिनिधित्व गर्ने मानिसहरुको सहभागिता रहदै आएको र टोपीलाई नेपालीले कति धेरै रेस्पेक्ट गर्छौ भन्ने सकारात्मक म्यासेज  दिन सकिएको उल्लेख गरे ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्