क्यानबेरा । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री बलबहादुर केसीले नेपालको आर्थिक तथा भौतिक बिकासमा गैर आवासिय नेपालीहरुले पुर्याउदै आएको योगदान प्रसंसनिय रहेको बताएका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक सँस्था जनसम्पर्क समिति एसिटि राज्यसमितिद्वारा हिजो (३ जनवरी शुक्रवार ) क्यानबेरामा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले प्रवासमा जति सुकै सुबिधा सम्पन्न जीवनशैली बिताएपनि हरेक प्रवासी नेपालीहरुले आफ्नो जन्मभुमिलाई बिर्सन नहुने कुरामा जोड दिए । उनले गैर आवासीय नेपालीहरुको मुख्य मागको रुपमा रहेको दोहोरो नागरिकताको प्राबधनालाई जति सक्दो चाडो कार्यान्वयनमा ल्याएर गैर आवासीय नेपालीहरुले भोग्दै आएको नागरिकता समन्धी समस्याको पूर्णरुपले समाधान गर्नेतर्फ सबै लाग्नुपर्ने खाँचो औल्याए ।
नेता केसीले आफ्नो यो अष्ट्रेलिया भ्रमणका क्रममा पार्टीका शुभेच्छुकहरुबाट देशको सम्वृद्धि र पार्टी संगठन र संचालनका समन्धमा आएका सुझाव ,सल्लाह र गुनासोलाई यथार्थतामा आधारित रहेको र यी सवालहरुलाई पार्टीको बैठकमा दह्रो रुपले उठाउने जानकारी गराए ।
जनसम्पर्क समिति एसिटी का संयोजक ललित मल्लको सभापतित्वमा सम्पन्न सो छलफल कार्यक्रममा नेपाली कांग्रेस प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य रिना उप्रेती, फेंकाका पुर्व अध्यक्ष डा कृष्ण हमाल , एनएडिएफका पुर्व अध्यक्ष विवेक थापा , क्यानबेरास्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु ,जनसम्पर्क समितिका पदाधिकारीहरु ,नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा अंग्रेजी नयाँ बर्ष २०२५ को सहभागीहरुबीच एकापसमा शुभकामना आदनप्रदान गरिएको थियो ।