प्रसङ्ग २०४५ सालको भुकम्पको ,
राजा बिरेन्द्र र रानी ऐश्वर्य भुकम्प प्रभावित क्षेत्रमा भैरहेको उद्धार र राहत कार्यको निरिक्षणको गर्नको लागि झन्डै २ हप्ता पुर्वाञ्चल सवारी भयो । हरेक दिन राहत बितरण कार्यमा आफै सरिक होइबक्सियो । स्वर्गीय बडामहारानी आफै सामाजिक सेवा रास्ट्रिय समन्वय परिषद्को अध्यक्ष होइबक्सिन्थियो सायद तेसैले पनि होला राहत बितरण कार्य सरल र सहज तरिकाले हुदै थियो ।
तेतिबेला देशको एक मात्र टेलिभिजन नेपाल टेलिभिजनका हामी पनि तेही रफ्तारमा समाचार बनाउदै थियौ । दिन भरि shooting सांझ परेपछि बिमानबाट क्यासेट काठमान्डू पठाउन airport दौडनु र त्यसपछि narration टेलिफोनबाट रेकार्ड गराउने चटारो ( तेतिबेला इन्टर्नेट को सुबिधा थिएन ) । एक दिन भुकम्प पिडितको अन्तर्वार्ता लिदै थिए राजा बिरेन्द्र हामी नजिक सवारी भै माइक्रोफोन आफै समातेर पिडित संग आफै २ -४ वटा प्रस्न राखी बक्सियो
१. प्रशासनले कत्तिको सहयोग गरेको छ ?
२. कसैलाई भेदभाव त गरेको छैन नी ?
३.भत्केका घर निर्माण गर्न सरकारले के के सहयोग गर्न पर्छ ?
४.हामी यहाबाट फर्किए पछि पनि भुकम्प पिडितको नाममा गैरकानुनी काम भए वा अरुले फाइदा लिन खोजे तत्काल छापा ( पत्रिका ) मा लेखाउनु हामी तेस्तो काम हुन दिदैनौ
(निषेध र प्रतिशोधको भावना नभए नेपाल टेलिभिजनमा यो फुटेज अबस्य हुन पर्छ ।)
र मेरो प्रसङ्ग : बडामहारानी ऐश्वर्य बाट भ्रमणको अन्तिम दिन राहत बितरण गर्ने क्रममा एक महिलाले रानीले लगाएको एउटा सारी मागिन ,बडामहारानीबाट ब्यारेक बाट आफुले लिएर गएका सबै सारी मगाएर त्यो गाउका सबै महिलालाई एक एक सारी दिएबक्सियो । मौसुफ संग आफुले लगाएको एक जोर सारी मात्रै बाकी रह्यो काठमान्डू फर्कदा । अनि मैले पनि फर्कने क्रममा बिन्ती चढाए " मैले त सारी पाइन त प्रभु " मौसुफबाट हुकुम भयो " तिमी भुकम्प पिडित नै हैनौ …अनि हासी बक्सियो ….तर अचम्म काठमान्डू पुगेको भोलि पल्ट एक व्यक्ति एउटा पोको लिएर नेपाल टेलिभिजन आए र पोको मलाई थमाउदै भने "बडामहारानी बाट हजुरलाई पठाई बक्सेको.....
पोको खोले रहेछ " सारी "
यसलाई फेरी आइमाइको "सारी"गफ नभन्नु होला यो त अब सम्झना मात्र भयो सधै मानसपटलमा रहिरहने ।
हार्दिक श्रध्दान्जली प्यारा राजा रानी बिरेन्द्र-ऐश्वर्यमा ....🌹