नेभिगेशन
सोसल मिडिया

के हो मेलमिलाप दिवस ? किन छ सान्दर्भिक ?

नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गरिन्छ ।

के हो मेलमिलाप दिवस ?

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए । तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

४९ वर्षअघिको नीति अहिले पनि उत्तिकै सान्दर्भिक

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४९ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेताहरु बताउँछन् ।

गणेशमान पुत्र एवम् कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलहरूका बीचमा राष्ट्रिय मुद्दामा मेलमिलापको सान्दर्भिकता सरकार सिर्जित अहिलेको प्रतिकूल राजनीतिक परिस्थितिमा थप टड्कारो देखिने बताएका छन् ।

नेता सिंहले मेलमिलाप दिवसको सन्दर्भमा सामाजिक सन्जालमा लेखेका छन्, ‘संविधानको सफल कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार हो । यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न जरूरी छ । परिवर्तनका बाहक शक्ति राजनीतिक दलहरूका बीचमा राष्ट्रिय मुद्दामा मेलमिलापको सान्दर्भिकता सरकार सिर्जित अहिलेको प्रतिकूल राजनीतिक परिस्थितिमा थप टड्कारो देखिन्छ ।’

०४६ सालमा मेलमिलापकै कारण गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्ट पार्टीहरूसमेत सहभागी भएर जनआन्दोलन सफल भएको र कांग्रेसको नेतृत्वमा संविधान जारी हुँदा पनि दलहरूका बिचमा बलियो एकता देखिएको उनले स्मरण गरेका छन् ।

आजकै दिन जननायक विपी कोइराला आफ्ना मित्र  गणेशमान शिंह लगायत केहि हितैशी साथीहरुका साथ २०३३  सालमा भारतीय निर्वासनबाट स्वदेश फर्केको दिन हो ।   राष्ट्रको नाममा एक व्यक्तव्य प्रकाशित गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यमबाट प्रसारण गरि स्वदेस प्रवेस गरेका हुन् ।  किनकि कांग्रेस सभापति भएका उनको नाममा केहि गम्भीर प्रकृतिका मुद्धाहरु थिए ।  प्रक्राउ पर्ने र मुद्दा हारिएमा मृत्युदण्ड सम्म हुने सम्भावना थियो , त्यसैले यो अन्तरराष्ट्रिय चासोको बिषय थियो । २०२५ सालमा राजा महेन्द्रको पालामा निर्वासनमा गएका बिपी लोकप्रिय र विद्वान राजा बिरेन्द्रको समयमा स्वदेस फर्केका थिए ।   बिपीले सबै मुद्धाबाट सफाई पनि पाए ।  बहुदलिय व्यवस्थाको पुनर्बहालीको लागि आन्दोलनरत बिपी देशको तात्कालिन संविधानबाट निर्दलियता हटाउन चाहन्थे र सार्वभौमसत्ता राजाबाट जनतामा ल्याउन चाहन्थे । राष्ट्रियता, प्रजातन्त्र र समाजबादलाई मूलनीति बनाएका उनि राष्ट्रियताको प्रश्नमा राजासंग मेरो घाँटि जोडिएको छ भने प्रजातन्त्रको प्रश्नमा मात्र मेरो फरक मत हो भनेका छन् ।  उनले यतिमात्र हैन " प्रजातन्त्र नभए राजातन्त्र रहदैन राजा नभए देश पनि बाच्दैन, त्यसैले राजातन्त्र फाल्ने उध्यम हामीले गर्नु हुदैन ". उनले भनेका थिए की प्रजातन्त्रको लागि हुने आन्दोलनमा मेरो सहकार्य राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिसंग मात्र हुनेछ.  विपीको यो माग २०४६ सालको जनआन्दोलन र २०४७ सालको संविधानले पुरा गरेता पनि ५२ को सशस्त्र द्वन्द पछि मुलुकको अवस्था र व्यवस्थाको गम्भीर रुपले मुल्याङ्गकन गर्ने बेला आएको छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्