नेभिगेशन
LEADING_MAIN

कांग्रेस सह महामन्त्री किशोर सिंह राठौरसँग सिड्नीमा छलफल कार्यक्रम सम्पन्न 


सिड्नी ।  नेपाली कांग्रेसको सुभेच्छुक सस्था जनसम्पर्क समिति अष्ट्रेलियाले पार्टीका सह महामन्त्री किशोर सिंह राठौरसँग यहि डिसेम्बर २२ तारिख आइतवार सिड्नीमा एक छलफल कार्यक्रमको आयोजना गर्यो ।  सिड्नीको मेरिल्याण्ड्स स्थित बार्दली फंसन सेन्टरमा सम्पन्न सो कार्यक्रममा सिड्नीमा रहेका डेमोक्र्याटहरुको बाक्लो उपस्थिति रहेको थियो । 


कार्यक्रममा बोल्दै सह महामन्त्री राठौरले मुलुकमा प्रजातन्त्रको स्थापना पछि शिक्षा ,स्वास्थ्य र सडक लगायतका क्षेत्रमा उलेख्य उपलब्धि हासिल भएको बताए । उनले जनताले सोचेको गतिमा मुलुकले बिकाशको फड्को मार्न सकेको छैन भन्ने कुरालाई सबैले ममन गर्नुपर्ने र जनताको चाहना र मुलुकको आवस्यकता पुरा गर्न सरकार राजनैतिक दल लगायत सम्बद्ध पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । 


रास्ट्र र जनताको स्वतन्त्रताका लागि बलि चढन तयार बीपी कोइराला र सुर्वण शम्शेर अनि गणेशमान सिंह र किशुनजी जसता नेताको रगत र पसिनाले सिञ्चित  नेपाली कांग्रेश नेपालका लागि एउटा मात्र माटो सुहाउदो राजनितीक दल रहेको बताउदै राठौरले पार्टीलाई समयानुकुल सुदृढ र चुस्त दुरुस्त बनाउदै जनताको सुख दुखको साथि बनाउन पार्टीको सबै तहबाट ईमान्दार प्रयास हुनुपर्ने खाँचो औल्याए । नेताले न्याय गरेननभने दल भित्र असहमती राखेर लड्ने हो , पार्टीनै सिद्धाउने होइन उनले भने - बिचार बोकेर हिडेका मानिशहरुले दलमा लागेपछि स्वार्थ त्याग्न सक्नुपर्छ । 
राठौरले भने यहा वडा अध्यक्षको टिकट आफ्नो मान्छेले पाएन भने आफनै उमेदबारलाई हराइदिन्छन । बिपीको त्याग र तपस्याले बनेकोनेपाली कांग्रेशमा निष्ठावान हरुको उपस्थीती पातलो हुदैगर्दा यस्तो अवस्था आइपरेको राठौरले सुनाए । बीपीले असल मान्छे बन्नु भयो, जिवनएउटा पाठशाला हो भनेर सधै सिक्ने र जान्ने प्रयास गर्नुभयो हामी अहिले को भन्दा को कम ।
न्यु साउथ वेल्स राज्यका लागि नेपालका बाणिज्यदुत संजीव शर्माले मुलुकको आर्थिक तथा सामाजिक बिकासमा हामि सबैको एक्यबद्धता हुनुपर्ने बताउदै हामि बिचको भाईचारा ,आत्मियता र सामिप्यताले यो प्रवासी भूमिमा हामीलाई अझ बलियो बनाउदै लागेको उल्लेख गरे । 
जनसम्पर्क समिती अष्ट्रेलियाका अध्यक्ष सुरेस गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए अन्तरास्ट्रिय समन्वय समितिका सचिब ज्ञानेन्द्र रेग्मी,एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष गणेश केसी, जनसम्पर्क विभागका सदस्य कृष्ण गीरी, जनसम्पर्क समितीका उपाध्यक्ष राजेश केसी, समुदायका अगुवा प्रेम सापकोटा लगायतले नेपाली राजनीतीमा नेपाली कांग्रेशको भुमिका र पछिल्लो समिकरणको औचित्यका बारेमा आ आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । 
जनसम्पर्क समितिका समित केसीद्वारा सन्चालित सो कार्यक्रममा अष्ट्रेलियन नेपाली समुदायका अगुवा डा सीताराम जोशी, ग्रानभिल नेपाली समाजका अध्यक्ष भिम बस्नेत, धादिङ समाजका अर्जुन केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन ।