सिड्नी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास सम्पर्क विभाग अन्तर्गत अष्ट्रेलियाको प्रथम अधिवेशन हिजो ( डिसेम्बर २२ आइतबार ) सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न सो अधिवेशनले डा. कृष्णप्रसाद पौडेल संयोजकत्वमा नयाँ कार्यसमितिको चयन गर्यो । अधिवेशनले उपसंयोजकमा निराजन थापा , सचिवमा गणेश पौडेल र कमल तिमिल्सिना कोषाध्यक्षमा कमल तिमिल्सिना लाई चयन गरेको सो सस्थाले जनाएको छ । अधिवेशनले अमुल रेग्मी, अनु पाण्डे, गोपी कुमार थापा, विश्वास भट्टराई, दत्त मल्ल, सुमित रत्न बज्राचार्य, र शम्भु पुरी लाई सदस्यमा चयन गरेको छ ।
हाल न्यु साउथ वेल्स र दक्षिण अष्ट्रेलिया राज्य क्षेत्रिय राज्य समितिको समेत गठन गरिएको छ । जसमा न्यु साउथ वेल्स राज्यमा दिबेन्द्र उप्रेतिको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन भएको छ भने , दक्षिण अष्ट्रेलिया राज्यमा सुमित बज्राचार्यको नेतृत्वमा ८ सदस्यीय समिति गठन गरिएको छ । निकट भविष्यमा अन्य राज्यहरूमा पनि समितिहरू गठन गर्ने योजना रहेको बताईएको छ ।
भर्चुअल माध्यमबाट सम्पन्न सो अधिवेशनमा पार्टीका उपसभापति डिपी अर्याल, केन्द्रीय सदस्यहरू डा. तोसिमा कार्की र शिशिर खनाल तथा प्रवास सम्पर्क विभागका सचिव पदमराज पन्थीले नयाँ कार्यसमितिलाई शुभकामना दिदै प्रवासी नेपालीहरूलाई संगठित गरी राष्ट्रिय समृद्धिमा योगदान पुर्याउन सबैले ईमान्दार प्रयास गर्नुपर्नेमा जोड दिए ।
उनीहरूले प्रवासी नेपालीहरूको भूमिका र सक्रियतालाई उच्च मूल्यांकन गर्दै प्रवासबाट पनि नेपालको सामाजिक, आर्थिक, र राजनीतिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने दिशामा अघि बढ्न आह्वान समेत गरेका थिए ।