डब्बो । न्यु साउथ राज्यको पश्चिम ग्रामिण शहर डब्बोमा डब्बो नेपाली समाज अष्ट्रेलिया ( DNCA )को आयोजनामा यहि १४ डिसेम्बर शनिवारका दिन सम्मान साँझ कार्यक्रम सम्पन्न भएको छ ।
डब्बो स्थित RFBI हलमा सम्पन्न सो कार्यक्रममा स्थानिय संसद ,मेयर र जनप्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा DNCA ले बिगत बर्षहरुमा गरेको सामाजिक एबम कल्याणकारी कार्यहरुको बारेमा जानकारी दिइएको थियो । सो अवसरमा सस्थाले गरेका विभिन्न कार्यक्रममा साथ र सहयोग पुर्याउनुहुने स्वयंसेवीहरु र नानि बाबु पाठशालामा अध्ययनरत बाबु नानीहरुलाई समेतलाई प्रमाणपत्र प्रदान गरिएको सो सस्थाले जनाएको छ ।
कार्यक्रमका बक्ताहरुले डब्बो नेपाली समाज अष्ट्रेलियाले समुदायमा पुर्याउदै आएको योगदानको प्रसंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक एबम कल्याणकारी कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनीहरुले यहाँ जन्मे हुर्केका बाबु नानीहरुलाई नेपाली भाषा ,सस्कृति र परम्पराका बारेमा जानकारी दिएर बुझाउन सकेमा नेपाली सस्कृति र परम्पराको पहिचानलाई सम्बृद्ध बनाउन सहयोग पुग्ने बिस्वास ब्यक्त गरे ।
डब्बोमा बसोबास गर्दै आएका केहि नेपाली सामाजिक अगुवाहरुको सक्रियतामा सन् २०१५ मा स्थापना भएको डब्बो नेपाली समाज अष्ट्रेलियाले नेपाली भाषा सस्कृतिको सम्बर्धन गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपाल न्युज अष्ट्रेलियासंग कुरागर्दै डब्बो नेपाली समाजका बिकास दवाडीले हामि जहा जसरि रहेपनि नेपाली भाषा र सस्कृतिको मौलिकतालाई भुल्न सकिदैन र हुदैन यसको सम्बर्धन गर्दै नयाँ पुस्तालाई यसको बारेमा जानकारी गराउन सस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
सो अवसरमा लामो समयदेखि डब्बो नेपाली समाज अष्ट्रेलियासँग नजिक रहेर सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका र अब त्यहाँ बाट बसाई सर्न लागेका किशोर केसी र किशोए भेटवाललाई मायाँको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमा सहभागीहरुले नेपाली मौलिक खानाका परिकारको स्वादसंगै डीजे म्युजिकको साथमा नाचगान गरेर भरपुर मनोरंजन लिएका थिए ।