नेभिगेशन
नेपाल समाचार

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी

 

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा शर्मा चार हजार २८२ मतसहित विजयी भएकी हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ हजार मतमात्र पाए । 

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी शर्मा महासंघको अध्यक्षमा निर्वाचित हुने पहिलो  महिला संचारकर्मी  बन्न सफल  भएकी छिन्  । 

यस्तै वरिष्ठ उपाध्यक्षमा ४२ सय ३० मत ल्याएर दीपक आचार्य विजयी भए भने निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष महिलातर्फ नितु पण्डित विजयी भएकी छन् । उनले ४ हजार ७०५ मत प्राप्त  गरिन ।  

समावेशी उपाध्यक्ष उमेद बागचन, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाती सचिव सविन प्रियासन, मधेश सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट बैकुण्ठराज पराजुली, कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्