नेभिगेशन
न्यू साउथ वेल्स

सीड्नीको मेरिल्यान्डमा खुल्यो “बाजेको सेकुवा “

अस्ट्रेलियामा नपाली मनहरुको संख्यात्मक IMG_7096-1734161763.jpeg
बृद्धीसँगै नेपालीपनले पनि छपक्कै ढाक्न थालेको छ । बिदेशमा मुलुक चिनाउने अनेकन माध्यम मध्ये नेपाली स्वादपनि एउटा हो । कुनैपनि देशको साहित्य ,संगित र कलाले त्यो मुलुकको सांस्कृती झल्काउछ भने खाइने परिकारले जनजिवनको समबृद्धि केलाउने काम गर्दछ । स्वादको विविधता भएको हाम्रो देशको खानाहरुपनि बिस्तारै बिदेशमा पनि लोकप्रीय बन्दै गएका छन । यस्तैमा नेपाली जनजिब्रोमा चिरपरिचित स्वादका रुपमा स्थापीत बाजेको सेकुवाले पनि यतिखेर बिदेशमा बिस्तार हुने मौका पाएको छ । यतिबेला अस्ट्रेलियाको सीडनीस्थीत मेरिल्यान्डमा बाजेको सेकुवा सुरु भएको छ । 
संभवत नेपाली फ्रेन्चाइजका रुपमा भित्रिएको यो नै पहिलो नेपाली रेस्टुरेन्ट हो । हुन त सीडनीमा सयौको संख्यामा नेपाली रेस्टुरेन्टहरु रहेता पनि नेपाली स्वाद र पहिचानको दृष्टीले बाजेको सेकुवा अलग र फरक ब्रान्ड बनेको बताउछन यसका संचालक सौरभ अधिकारी । 
यो एउटा संयोगनै भन्नुपर्छ, नेपालजाँंदा बुबा मुकुन्द अधिकारी खाना खान बाजेको सेकुवा पुग्नु भएको रहेछ र उहालाई त्यहाको खानपान र अतिथी सत्कारले आकर्षित गरेपछि उहाँंले सीडनीमा बाजेको सेकुवा खोलौ भन्ने प्रस्ताब ल्याउनु भयो ,हामीले सल्लाह गरयौ र यसलाई मुर्त रुप दिइयो ,सौरभ भन्छन । 
हामीले नेपालमा रहेको बाजेको सेकुवा अन्तगर्त रहेर फ्रेन्चाइजका रुपमा त्यहाँको स्वाद पस्कने प्रयास गरेका छौ, सेकुवाको स्वाद र मसला सबै नेपालवाटै आउछ र एक महिनाको बिशेष तालिमपछि अनुभवी कुकहरुले यसलाई उहि नेपाली स्वादमा ढाल्न सफल हुनुभएको छ,  रेस्टुरेन्टका अर्का सचालक बिशाल खडगीले सुनाए । लगानीका हिसाबले करौडौ खर्च गरेर भित्राइएको बाजेको सेकुवामा नेपालमा पाइने हड्डी सुपदेखि लिएर सेकुवाका सबै परिकार पाइन्छ । हामीलाई केहि फरक र अलग गरेर मुलुकको स्वाद पस्कने सोचमा बाजेको सेकुवा रोजाइमा परेको हो ,बिशालले सुनाए । 
बाजेका सेकुवा नेपालका कार्यकारी प्रमुख चेतन भण्डारी नेपाली ब्रान्डलाई पनि बिदेशमा फ्रेन्चाइज बनाएर लान सकिन्छ भन्ने आफनो प्रयासले मुर्त रुप लिएको बताउछन । नेपाल बाहेक अमेरिकामा पनि बाजेको सेकुवाले राम्रो बजार लिएको र अस्ट्रेलियामा पनि सबैले मनपराइदिन  हुने बिश्वास आफुले लिएको चेतनले बताए । बाजेको सेकुवा नेपाली स्वाद मात्र हैन नेपालीपनको पहिचान पनि हो,यसैले पनि नेपाली समुदायको बाहुल्यता भएका अन्य देश र शहरहरुमा पनि यसलाई फैलाउने आफ्नो योजना रहेको चेतनले सुनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
शिव र करण सिड्नीमा घन्कने

शिव र करण सिड्नीमा घन्कने

शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...
राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका...