सिड्नी । सामाजिक एबम कल्याणकारी कार्यामा आफुलाई अग्रपंतिमा राख्दै आएको रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको पहलमा यहि डिसेम्वर ७ तारिख शनिवार सिड्नीको टाउन हलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया , फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसिएसन न्यु साउथ वेल्स तथा नेप्लिज ब्लड डोनर्स एसोशियन अष्ट्रेलियाको सहकार्यमा सम्पन्न सो कार्यक्रममा ७ जनाले रक्तदान र १ जनाले प्लाज्मा दान गरेको आयोजक सस्थाका अध्यक्ष दिवाकर काफ्लेले नेपाल न्यूज अष्ट्रेलियालाई जानकारी दिए ।
सो कार्यक्रमका बारेमा नेपाल न्यूजसंग कुरागर्दै अध्यक्ष काफ्लेले सस्थाको उद्देस्य लक्ष्य र योजना अनुसार यो कार्यक्रम गरिएको बताए। उनले कार्यक्रममा रक्तदान गर्ने र सक्रिय सभागिता जनाउने प्रति हार्दिक आभार व्यक्त गर्दैआफ़ुले नेतृत्व गरेको सस्थाले यस्तो पबित्र कार्य गर्न पाएकोमा गर्वको महसुस भएको उल्लेख गरे ।
सो अवसरमा दिवाकर काफ्ले , सरोज पाण्डे ,सञ्जन उप्रेती , शंकर शर्मा ,राजु खनाल , प्रदीप खनाल र मुक्तिराम पोखरेलले रक्तदान गरेका थिए भने सविना बस्यालले प्लाज्मा दान गरेकी थिइन् ।