नेभिगेशन
खेलकुद

सिड्नीमा भेट्रान भलिबल प्रतियोगिता हुदै 


सिड्नी । अष्ट्रेलियामा रहेका धादिङगेहरुको साझा संस्था धादिङ्ग अष्ट्रेलिया समाज र नर्थवेस्ट नेप्लिज कम्युनिटी सिड्नीले संयुक्त रुपमा आउँदो १५ डिसेम्बरका दिन भेट्रान भलिबल प्रतियोगिताको आयोजना गर्ने भएका छन् ।
नेपाल न्यूज अष्ट्रेलियासंग कुरागर्दै धादिङ अष्ट्रेलिया समाजका अध्यक्ष अर्जुन केसीले आफ्नो स्तापना कालदेखि नै विभिन्न सामाजिक तथा कल्याणकारी कार्य गर्दै आएको धादिङ्ग अष्ट्रेलिया समाजले आफ्नो नियमित कार्यक्रमको रुपमा खेलकुद प्रतियोगितालाई निरन्तरता दिदै आएको बताए । उनका अनुसार यस पटकको प्रतियोगितामा ३५ वर्षा माथिको ( १५ डिसेम्बर १९८९ भन्दा अगाडी जन्मिएका ) उमेर समुहका १० टिमले भाग लिने छन् । प्रतियोगितामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने टिमलाई क्रमस  १२ सय डलर , ८ सय डलर नगद  पुरस्कार सहित ,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतिस्पर्धा नकाउट सिस्टममा खेलिने छ । 


आयोजक सस्थाका अनुसार अष्ट्रेलियामा रहेका भलिबल प्रेमीहरु बीच मित्रबत खेल, भेटघाट र भाइचारा स्थापना गर्ने उदेश्यले यो मैत्रिपूर्ण “भेट्रान भलिबल प्रतियोगिता” हुन लागेको बताईएको छ  । एक दिवसीय सो  प्रतियोगिता  यहि डिसेम्बर १५ तारिख आईतवारका दिन सिड्नीको Stanhope Leisure Centre (Stanhope Pkwy &, Sentry Dr, Stanhope Gardens NSW 2768) मा बिहान आठ बजे देखि साँझ ५ बजे सम्म हुनेछ । 
प्रतियोगितालाई MARKQ HOMES ले टाइटल स्पोन्सरको रुपमा, SOLAR WORLD ले प्ल्यटिनियम एबम QUEENSFORD COLLEGE ले गोल्ड स्पोस्सरको रुपमा त्यसै गरि अन्य ब्यापारिक संघ संस्थाले स्पोन्सरको रुपमा सहयोग गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।