सिड्नी । गायक दाजुभाइ सत्यराज आचार्य र स्वरुपराज आचार्यले शुक्रबार अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको टाउनहलमा प्रस्तुति दिने भएका छन् । उनीहरूलाई स्थानीय कलाकारले साथ दिनेछन् ।
दुई दिनअघि मात्र सिड्नी आइपुगेका आचार्य दाजुभाइले स्रोतादर्शकको माया र ममता नै आफ्नो गायकीको पहिचानका रूपमा रहेको प्रेस मीट कार्यक्रममा बताए ।
नेपाली कलाकारिताका निम्ति प्रवास उर्वरभूमि भएको उनीहरू बताउँछन् । “पछिल्ला दिनहरूमा रचना मात्र हैन, लगानी र व्यावसायिक रूपमा पनि प्रवास नेपाली गीत–संगीतको लागि मुटुको धड्कन बनिसकेको अवस्था हो,” सत्यले भने ।
स्वरुपराजले गीत–संगीत सबैका निम्ति उत्तिकै प्रिय हुने गरेको उल्लेख गरे । “मन–मस्तिष्कलाई आनन्दित गर्ने काम गीत–संगीतले नै गर्ने गर्दछ,” उनले भने ।
उनीहरूले यसअघि सन् २०१३ र २०१७ मा अस्ट्रेलियामा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए । सत्यस्वरुपको यो तेस्रो अस्ट्रेलिया भ्रमण हो। । फ्लेभर्स अफ नेपालको आयोजनामा उनीहरूले प्रस्तुति दिन लागेका हुन् ।
आयोजक फ्लेभर्स अफ नेपालका सञ्चालक राजेश केसीले भने, “हामीले आर्थिक दृष्टिकोणबाट नभई नेपाली गीत–संगीतका वास्तविक पारखीहरूका लागि सत्यस्वरुप छानेका हौँ ।पारिवारिक संगितिक कार्यक्रम साझ ७ बजेदेखि १० बजेसम्म हुनेछ।
शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...शनिबार, माघ ५, २०८१
राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका...शनिबार, माघ ५, २०८१