जन्मेको ठाँउ र हुर्केको गाउ कसलाई प्यारो हुदैन र । सात समुन्द्र पारी बसेपनि सधै आउने भनेको झल्को गाउँ ठाउँकै हो । साउथ अष्ट्रेलियाको एडिलेडलाई कर्मथलो बनाउँदै आएका एनआरएन अभीयन्ता विष्णु तिवारीले पनि पहीलो प्रयास स्वरुप आफ्नै रचना र गायनमा “गैंडाकोटैमा” शिर्षकको गीत हालै सार्वजनिक गरेका छन । नवलपुरको गैंडाकोट तिवारीको जन्मथलो हो।
गैंडाकोट वरिपरि नै छायांकन गरिएको गीतको म्युजिक भिडिओमा चर्चित मोडल कुसुम शर्माले अभिनय गरेकी छिन्। गीतमा राजा राजेन्द्रको संगीत संयोजन रहेको छ। चितवनको भरतपुर र देवघाटसँग सिमाना जोडिएको गैंडाकोट प्राकृतिक र सांस्कृतिक रुपमा सम्पन्न स्थानका रुपमा पनि परिचीत छ ।
गीतका रचनाकार र गायक तिवारी अष्ट्रेलियामा बसेरपनि आफनो जन्मस्थानको संझनामा सांगीतीक कोसेली तयार पारेको बताए । कुने चर्चा र जादुमयीस्वर भन्दा पनि मुलुकको माटोप्रतीको संझनाका रुपमा यसलाई लीएको बीष्णु बताउछन ।