नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्ती मनाईयो  

सिड्नी ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्तीको  अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाले यहि अक्टोबर २६ तारिख शनिवार सिड्नीमा एक साहित्यिक कार्यक्रम गर्यो । सिड्नीको मेरिल्याण्ड्स स्थित एनआरएनए अष्ट्रेलियाको सभाहलमा सम्पन्न सो साहित्यिक कार्यक्रममा साहित्यिक व्यक्तित्वहरूद्वारा कविता एवं गजल वाचनका साथ  देउसी भैलो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा कवि शिववहादुर श्रेष्ठको " उपहार " नामक पुस्तकको पुस्तक विमोचन समेत गरियो । सो अवसरमा  साहित्यिक  श्रष्टाहरु प्राध्यापक उमेश उपाध्याय,  मधु पुडासैनि , शिवबहादुर  श्रेष्ठ ,बालकृष्ण बश्याल, राम कोईराला, आशिष भेटवाल, डा. राजु मानन्धर, जितेन्द्र मल्ल, ममता तिवारी, चतुर्भुज खरेल, भावना पराजुली वास्ताकोटी, मुक्तिराम  पोखरेल ,जेनिसा गौतम ,नेत्रप्रसाद पौडेल ,ममता  तिवारी,सिमा रोशी , आशिष भेटुवाल, मानस बोहोरा  कृष्णप्रसाद  भट्टराईद्वारा  कविता तथा गजल प्रस्तुत गरिएको थियो । 


कार्यक्रममा एनआरएनएका अध्यक्ष अनिल पोख्रेलले सस्थाले यस्ता कार्यक्रमलाई उच्च प्राथमिकता दिने नीति राखेको जानकारी गराउँदै आगामी दिनमा थप सृजनात्मक काम गर्न नेपाली समुदायलाई आग्रह गरे । त्रिभुवन  विश्व  विद्यालयका पूर्व  उपकुलपति डा. शिव भुसाल,प्राध्यापक उमेश उपाध्याय, पण्डित  नारायण  शास्त्री , एनआरएनय का महिला कोर्डिनेटर  संगिता  चापागाई लगायतका बक्ताहरुले यस्ता साहित्यिक कार्यक्रमले नेपालीको पहिचानमा सहयोग पुग्ने र दोश्रो पुस्ताले पनि नेपाली भाषाको महत्वलाई आत्मसात गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. शिव भुसाल र  पत्रकार डीआर घिमिरेलाई सम्मान समेत गरिएको थियो ।


कार्यक्रममा बाल साहित्यकार आयाम  घिमिरे  कविता तथा रेभा शाहले सरंगी बजाएर प्रतिभा प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाजका  सल्लाहाकार राजु  मानन्धरको  स्वागत मन्तब्य राखेका थिए भने आयोजक सस्थाका महासचिव  भावना  पराजुली र जनसम्पर्क प्रमुख मुक्तिराम  पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।   बाट २ चरणमा  गरि  संचालन  गरिएको उक्त कार्यक्रम एनआरएनए  अष्ट्रेलिया  तथा  फेन्का  अष्ट्रेलियाको  सहकार्यमा  सम्पन्न भएको हो ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्