नेभिगेशन
समाचार

फेवाको ब्राण्ड एम्बासडरमा उषा भण्डारी 

 

काठमाण्डौ  । नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीलाई फेवा एजुकेशन एण्ड माइग्रेसनले आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ ।

 

काठमाण्डौ र सिड्नीमा  कार्यलय रहेको फेवा  एजुकेशन एण्ड माइग्रेसनले यहि अक्टोबर ७ तारिख सोमबार भलिबल खेलाडी उषा भण्डारीलाई आफ्नो ब्राण्ड एम्बासडरको रुपमा भित्र्याएको हो । काठमाण्डौको नक्सालस्थित होटल क्राउन प्लाजामा सम्पन्न एक कार्यक्रमका बीच खेलाडी  उषा र फेवा एजुकेशन सिड्नीका निर्देशक दिनेश  खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार उषाले फेवा एजुकेशनसँगै शैक्षिक उत्कृष्टता, खेलकुद विकास र युवा विद्यार्थीहरूमा नेतृत्वको प्रवर्धनमा पनि सहकार्य गर्नेछिन् भने  फेवाले उषाको खेललाई खेल सामाग्री उपलब्ध गराउनेछ । 

उषा र फेवाबीचको सम्झौता दुई वर्षको रहेको छ । शिक्षा र खेलकुद क्षेत्रमा आउने पीडिलाई प्रेरित गर्ने उद्धेश्य बोकेको फेवाले यसअघि राष्ट्रिय पुरुष भलिबलका कप्तान मानबहादुर श्रेष्ठलाई पनि ब्राण्ड एम्बासडर बनाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्