नेभिगेशन
क्वीन्सल्याण्ड

ब्रिस्बेनमा दशैं तिहार शुभकामना साँझ कार्यक्रम सम्पन्न 


ब्रिसबेन । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा नेप्लिज एसोसिएसन अफ् क्विन्स्ल्याण्डको आयोजनामा ब्रिस्बेनले दशैं तिहार शुभकामना साँझ कार्यक्रमको आयोजना गर्यो । यहि अक्टोबर ६ तारिख आइतवार साँझ ब्रिसबेन २१० डुन रोड  रक्लीयास्थित सामुदायिक हलमा सम्पन्न सो कार्यक्रममा सहभागीहरुले एकापसमा नेपाले पर्वको शुभकामना आदान प्रदान गरे ।  


दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो चरण अन्तर्गत सामाजिक सद्भाव र भाईचारा बढाउने उद्देश्यले आयोजित खेलकुद र मेला पछी  दोस्रो चरणमा पुरस्कार , सांस्कृतिक कार्यक्रम अन्तरगत नेपालबाट आएका कलाकार रामकृष्ण ढकालको प्रस्तुति रहेको थियो । रक्लीको सामुदायिक हलमा स्थानियहरुको उत्साहजनक उपस्थिति रहेको थियो भने हल खचाखच भरिएको थियो । नेप्लिज एसोसिएसनअफ् क्विन्स्ल्याण्डका पूर्व अध्यक्ष डा राजन कोईरालाले - दश बर्षमा एस्तो उत्साहजनक उपस्थिति भएको बताए । 


कार्यक्रममा रामकृष्ण ढकाल र स्थानिय कलाकारहरुले आ आफ्नो गीत संगित प्रस्तुत  गरेका थिए । सो कार्यक्रममा ढकालको ढकालले आफ्ना र स्वर सम्राट नारायण गोपालको गित गाएर स्रोताहरुलाई भरपुर मनोरंजन दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्