सिड्नी । नेपालीहरुको महान् पर्व बडा दशैको अवसरमा अष्ट्रल नेप्लिज कम्युनिटी क्लव (एएनसीसि )ले सेप्टेम्बर २८ तारिख शनिवार दशैँ कप कार्यक्रमको आयोजना गर्यो । क्रेक पार्क अष्टल प्ले ग्राउण्डमा सम्पन्न सो कार्यक्रममा विविध खेलकुदका कार्यक्रम का साथै मनोररंजका विभिन्न कार्यक्रम गरियो । सो अवसरमा कार्यक्रमका साथ सहभागीहरुले एकापसमा शुभ कामना आदान प्रदान गर्नुका साथै सकर कप , किड्स फण्ड प्रोग्राम अन्तर्गत एथलेटिक्स दौड ,फेस पेन्टिङ बुवा आमाका लागि म्यूजिकल चेयर , घैटो फोर्ने कार्यक्रम गरिएको थियो ।
क्लवका अध्यक्ष सुनिल पराजुलिको अध्यक्षता तथा नेपाली अभिभावक समाज अष्ट्रेलिया अष्ट्रलका अध्यक्ष मुरारीप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अष्ट्रल क्षेत्रमा बसोबास गरेका नेपाली अभिभावक बुवा आमा , दाजु भाई , दिदि बहिनि तथा बालवालिकाको वाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा सम्पन्न फुटवल खेलमा अन्नपुर्ण टिम ले प्रथम स्थान प्राप्त गर्यो भने सगरमाथा तिम्ले रनर अप र कचनजङ्गा टिमले तृतिय स्थान प्राप्त गर्यो । अन्नपूर्णका क्याप्टेन पारश भहराईले अन्नपूर्ण, निराजन श्रेष्ठले कचनजङ्गा र विवेक लुइटेलले सगरमाथा टिममा क्याप्टेनको भूमिका निर्बाह गरेका थिए । फुटवलमा म्यान अफ द टुनामेन्ट पारस भहराई घोषित भएका थिए ।
सो अवसरमा मुरारीप्रसाद घिमिरेले बिजयी टिम, खेलाडी तथा वालबालिकाहरुलाई पुस्कार मेडल प्रदान गरे । सो अवसरमा आयोजक सस्थाका अध्यक्ष सुनिल पराजुली , फेन्का न्यु साउथ वेल्स राज्यका डेपुटि कोर्डिनेटर मुक्तिराम पोखरेल, अभिभावक समाजका सदस्य भरतबहादुर खड्का लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।