नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा नयाले शुभकामना आदान प्रदान कार्यक्रम गर्यो 


सिड्नी । नेपाली हरुको महान् पर्व बडा दशैँ र तिहारको अवसरमा नेपाल अष्ट्रेलियन युथ एसोसिएसन(नया)ले सिड्नीको एस्फ़िल्ड पार्कमा शुभकामना आदान प्रदान सहित बार्बिक्यु कार्यक्रमको आयोजना गर्यो । सेप्टेम्बर २९ तारिख आइतवार सम्पन्न सो कार्यक्रममा सिड्नीमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु ,नेपाली समुदायका अगुवा तथा युवाहरुको उपस्थिति  रहेको थियो । 


 कार्यक्रममा सहभागीहरुले एकआपसका नेपाली महान चाड दशैं तिहार र छठको समेत शुभकामना आदान प्रदान गरेका थिए । दशैको पुर्वसंन्ध्यामा आयोजित कार्यक्रममा न्यु साउथ वेल्स राज्यका बाणिज्यदुत सन्जिव शर्माले मुलकको कला सस्कृति जोगाउने सन्दर्भमा नयाँ  पुस्ता र पुराना पुस्ता बिचको सामिप्यता र आत्मियतालाई  अझ बलियो बनाउन यस्ता कार्यक्रमले सहयोग पुर्याउने बिस्वास व्यक्त गरे । उनले अध्यनको क्रममा मुलुक बाहिर रहेका विध्यार्थी भाइबैनीलाई चाडपर्वमा खल्लो नहोस भन्ने हेतुले पनि यस्ता कार्यक्रम आफैमा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा एनआरएन आइसीसीका सचिब ज्ञानेन्द्र रेग्मी, क्षेत्रिय संयोजक दिनेश पोखरेल, उप संयोजक अरुण ठाकुर ,कोमल पाठक एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल , एनआरएन अभियन्ता मन केसी , एनआरएन न्यसाउथवेल्सका संयोजक बिनोद कुवंर लगायतले दशै तिहार र छठको शुभकामना ब्यक्त गरेका थिए । आयोजक सस्था नयाका अध्यक्ष बिपिन थापाले नया र पुरानो पुस्ता बिचको अन्तरलाई कम गर्दै यस्ता कार्यक्रम मार्फत्  नेपाली कला संस्कृति जोगाउने अभियानमा सस्था क्रियाशिल रहदै आएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
शिव र करण सिड्नीमा घन्कने

शिव र करण सिड्नीमा घन्कने

शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...
राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका...