सिड्नी । नेपालका लोकप्रिय गायक रामकृष्ण ढकाल आफ्नो करिव एक महिने अष्ट्रेलिया साङ्गीतिक यात्रा लिएर हिजो सिड्नी आईपुगेका छन् । उनको यसपटकको साङ्गीतिक यात्राको चाजो पाजो पाल्पा सर्भिसेसले गरेको छ ।
उनलाई हिजो आयोजक सस्थाका पधाधिकारी र उनका हितैसिहरुले सिड्नीमा स्वागत गरे । अष्ट्रेलियाको सिड्नी ,न्युक्यासल ,एडिलेड।, ब्रिसबेन लगायतका शहरहरुमा आफ्नो साँगेतिक प्रस्तुति दिनेछन् । एक महिनाको आफ्नो साङ्गीतिक यात्रा तय गरेका ढकालले आज ( सेप्टेम्बर २८ तारिख शनिवार ) साँझ सिड्नीको रक्डेलस्थित ईन्द्रेणी फंसन सेन्टरमा आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा गायक ढकालले आफ्ना नयाँ पुराना गीतसङ्गीत प्रस्तुत गर्ने आयोजक सस्थाले जनाएको छ ।
आफ्नो अष्ट्रेलिया साङ्गीतिक यात्राको बारेमा संक्षिप्त प्रतिक्रिया दिदै गायक ढकालले प्रवासमा रहेर पनि नेपाली गीत संगीतको श्रीबृद्धिको लागि संगीत प्रेमीहरुले देखाउदै आएको लगाव अनि आत्मियता म जस्ता कलाकारहरुको लागि जीवनबुटी हुदै आएको बताए । उनले आफ्नो यसपटकको अष्ट्रेलिया साङ्गीतिक यात्रामा नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने जानकारी गराए ।
‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक यात्राका क्रममा उनले आगामी अक्टोबर १ तारिख न्युक्यासलामा आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन् । 2 A ईङ्गल स्ट्रिट मे फिल्ड स्थित मे फिल्ड बलिङ्ग क्लबमा साँझ ५ बजे देखि ढकालको प्रस्तुति रहने आयोजक सस्थाले जनाएको छ ।
‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’लाई ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ् एण्ड हस्पिटालिटी टाईटल ब्यबस्थापन गरेको छ । नेपाली सुगम गित संगीतका सर्वप्रिय गायक ढकालको सिड्नी हुने सांगेतिक कार्यक्रमका लागि आफ्नो स्थान सुरक्षित बनाउन आयोजक सस्थाले नेपाली संगीतप्रेमी हरुलाई अनुरोध समेत गरेको छ ।
नेपाली सुगम गीत -संगीतका होनहार प्रतिभा हुन रामकृष्ण ढकाल । देशदेखी बिदेशसम्म राम्रो क्रेज र चर्चा हात पारेका यी गायक अब अष्ट्रेलियामा गुन्जने भएका छन । पाल्पा सर्भिसेसको प्रस्तुति रहेको यो कार्यक्रममा रामकृष्ण ढकालले आफ्ना उत्कृष्ट र सदाबहार गीत - संगीत प्रस्तुत गर्नेछन् ।