नेभिगेशन
न्यू साउथ वेल्स

एनआरएन नागरिकताका समस्या चाडै समाधान हुन्छन् -  योगेश भट्टराई

 

सिड्नी । अष्ट्रेलिया भ्रमणमा रहेका नेकपा एमालेका सचिव एबम् प्रतिनिधिसभा सदस्य योगेस भट्टराईसँग प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले अन्तरक्रिया कार्यक्रम गर्यो ।

यहि सेप्टेम्बर २२ तारिख आइतवार साँझ सिड्नीको पारामटामा आयोजित सो कार्यक्रममा एमाले नेता भट्टराईले प्रवासी नेपालीहरुको मुख्य मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरताको बिषयलाई जति सक्दो चाडो टुङ्ग्याईने बताए ।

 उनले नेपालको समग्र बिकास र उन्नतिको लागि नेपाली कांग्रेस र एमालेको सहकार्यमा अहिलेको सरकार गठन भएको उल्लेख गर्दै मुलुकको कुनै पनि समस्याबाट भाग्न यो सरकारलाई छुट नभएको प्रस्ट पारे । 
नेता भट्टराईले नेपालले अबलम्बन गरेको राजनैतिक शासन प्रणाली बिस्वकै उत्कृस्ट शासन प्रणाली रहेकोले यसका बारेमा टिका टिप्पणी गर्नुको कुनै अर्थ नरहने बताउदै  बिदेशमा आर्जन गरेको सीप ,दक्षता र पुजीलाई कसरि नेपालको समग्र हितमा लागाउन सकिन्छ भन्नेतर्फ सम्वद्ध पक्ष लाग्नुपर्ने बेला आएको उल्लेख गरे । 

 कार्यक्रममा अन्तराष्ट्रिय प्रवासी नेपाली मञ्चका उपाध्यक्ष रमेश पाण्डे, सल्लाहकार भवानी ओली, एन एस डब्लूका बाणिज्यदुत संजिव शर्मा ,एनआरएनएका केन्द्रिय उपाध्यक्ष बिनोद श्रेष्ठ , पुर्व आईसीसी सदस्य निरज श्रेष्ठ. प्रवासी नेपाली मञ्च अस्ट्रेलियाका अध्यक्ष केशव जोशी लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
शिव र करण सिड्नीमा घन्कने

शिव र करण सिड्नीमा घन्कने

शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...
राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका...