नेभिगेशन
न्यू साउथ वेल्स

 एक्काको साधारण सभा सम्पन्न कोमलराज पाठकको नेतृत्वमा नयाँ कार्यसमिती 

 

सिड्नी । अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स(एक्का)को हालै सिड्नीमा सम्पन्न सातौ साधारण सधभाले कोमलराज पाठकको नेतृत्वमा नयाँ  कार्यसमिती चयन गरेको छ । संस्थाको उपाध्यक्षत्रयमा  सत्यप्रकाश कडेल,  चुडामणी सिलवाल र शंकर धरेल  सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे र कोषाध्यक्षमा भुवनहरि पाण्डेलाई चयन गरेको सो अवसरमा जानकारी गराइयो । 


त्यसैगरी  कार्यसमिति सदस्यहरुमा अनिश पुरी,अर्जुन थपलिया, भुमि सुवेदी, सुनिल सिग्देल, अरूण गौतम, दिपक पौडेल,सागरकुमार शर्मा, सुमन अधिकारी निर्विरोध चयन भएको एक्काले जनाएको छ ।


 कार्यक्रममा एक्काले पछिल्लो अष्ट्रेलियाको शैक्षिक निती र त्यसले अन्तराष्ट्रिय विध्यार्थी तथा माइग्रेसन व्यवसायमा  पर्न गएको समस्याका बारेमा बिशेष छलफल गरिएको थियो । छलफलमा  लिबरलका सांसद जस्टीन क्लान्सी,  इन्डेपेन्डेड हाइएर एजुकेशन अस्ट्रेलियाका उप प्रमुख जेरी नोक्लेस , सीसाका पुर्व अध्यक्ष विजय सापकोटा तथा चर्चित टीपर्णीकार जेम्स मार्टीन लगायतका बक्ताहरुले  पछिल्लो शिक्षा नितीका बारेमा आ आफना धारणा ब्यक्त गरेका थिए ।


अष्ट्रेलियाले यस बर्षदेखि अन्तराष्ट्रिय विध्यार्थीको संख्या घटाउनुका साथै कलेजहरुलाई समेत कोटा निर्धारण गरेपछि शैक्षिक परामर्शदाता एबं व्यबशायीहरु मारमा परेका छन् ।


 सो अवसरमा एनएसडब्लुका बाणिज्यदुत संजिव शर्माले यस क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न र यो व्यवसायलाई अझ मर्यादित र  बिस्वसनिय बनाउन सस्थाको भूमिका महत्वपुर्ण हुने बताए । कार्यक्रममा मन केसी, भवानी ओली लगायतका बक्ताहरुले नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा सफलताको शुभकामना व्यक्त गरे । 
कार्यक्रममा एक्काका निर्वतमान अध्यक्ष तथा ग्रेश इन्टरनेशनलका रामचन्द्र पौडेलले पेशागत हक हितका लागि एक्काको एकता र प्रयास सधै जारी रहने बताउदै निर्वाचित अध्यक्ष कोमलराज पाठकलाई पद हस्तान्तरण गरेका थिए ।
यस्तै सचिब योगेन्द्र पौडेलले पछिल्लो कठिन परिस्थीतीमा पनि व्यबशायीक मर्यादा र पेशागत हक हितका लागि संस्थाको भुमिका महत्वपुर्ण
 रहने बताए ।
कार्यक्रममा एक्काका पुर्व अध्यक्षहरु निरज श्रेष्ठ ,विवेक थापा, पीआर अधिकारी ,भुपाल सिटौला लगायतलाई सम्मान समेत गरिएको थियो । नेपाल न्युजसंग कुरागर्दै  नवनिर्वाचित अध्यक्ष कोमलराज पाठकले शैक्षिक परामर्शदाताहरुको यो संगठन ब्यबसायिक मर्यादामा रहेर एकता र पेशागत हक हितका लडाइमा लाग्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
शिव र करण सिड्नीमा घन्कने

शिव र करण सिड्नीमा घन्कने

शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...
राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका...