नेभिगेशन
समाचार

अष्ट्रेलियाका विभिन्न शहरमा ढकाल साँझ सांगीतिक कार्यक्रम गरिने 


सिड्नी । नेपालका लोकप्रिय गायक रामकृष्ण ढकालले अष्ट्रेलियाको सिड्नी ,न्युक्यासल लगायतका शहरहरुमा आफ्नो साँगेतिक प्रस्तुति दिने भएका छन् । एक महिनाको आफ्नो साङ्गीतिक यात्रा तय गरेका ढकालले यहि सेप्टेम्बर २८ तारिख शनिवार साँझ सिड्नीको रक्डेल स्थित ईन्द्रेणी फंसन सेन्टरमा आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा गायक ढकालले आफ्ना  नयाँ पुराना गीतसङ्गीत प्रस्तुत गर्नेछन् । 


‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक यात्राका क्रममा उनले आगामी अक्टोबर १ तारिख न्युक्यासलामा आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन् । 2 A  ईङ्गल स्ट्रिट मे फिल्ड स्थित मे फिल्ड बलिङ्ग क्लबमा साँझ ५ बजे देखि ढकालको प्रस्तुति रहने आयोजक सस्थाले जनाएको छ । 


 ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’लाई  ए टू जेट क्लिनिङ सप्लाएर्स क्लिनिङ् एण्ड हस्पिटालिटी टाईटल ब्यबस्थापन गरेको छ । नेपाली सुगम गित संगीतका सर्वप्रिय गायक ढकालको सिड्नी हुने सांगेतिक कार्यक्रमका लागि आफ्नो स्थान सुरक्षित बनाउन आयोजक सस्थाले नेपाली संगीतप्रेमी हरुलाई अनुरोध समेत गरेको छ । 
  नेपाली सुगम गीत -संगीतका होनहार प्रतिभा हुन रामकृष्ण ढकाल । देशदेखी बिदेशसम्म राम्रो क्रेज र चर्चा हात पारेका यी गायक अब अष्ट्रेलियामा गुन्जने भएका छन । 
पाल्पा सर्भिसेसको प्रस्तुति रहेको यो कार्यक्रममा रामकृष्ण ढकालले आफ्ना उत्कृष्ट र सदाबहार गीत - संगीत प्रस्तुत गर्ने छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्