नेभिगेशन
न्यू साउथ वेल्स

अष्ट्रेलिया र न्युजिल्याण्डमा अक्टोबर १३ तारिखमा दशैँको टिका लगाईने 

 

सिड्नी । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा अक्टोबर १३ तारिखमा मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो । यो न्युजिल्याण्डको हकमा पनि लागु हुने भएको छ ।


न्युजिल्याण्ड र अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) भएकाले न्युजिल्याण्ड र अष्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ । नेपालमा २०८१ असोज २६ गते (२०२४ अक्टोबर १२ तारिख) सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा असोज २६ गते नै विजयादशमीे मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्