नेभिगेशन
न्यू साउथ वेल्स

तनहुँ समाज अष्ट्रेलियाले क्रुज पार्टी गर्दै 


सिड्नी । तनहुँबाट अष्ट्रेलिया आई विभिन्न पेशा र व्यवसाय गर्दै आएका तनहुँहेहरू लाई एकित्रित गरि तनहुँको सामाजिक तथा शैक्षिक लगायत विभिन्न सामाजिक एबम कल्याणकारी कार्य गर्दै आएको तनहुँ समाज अष्ट्रेलियाले आगामी अक्टोवर ५ तारिख शनिवार क्रुज पार्टीको आयोजना गर्ने भएको छ । कार्यक्रमको बारेमा नेपाल न्युजसंग कुरागर्दै सस्थाका अध्यक्ष मेघराज पौडेलले जिल्लावासीहरु बिच रहदै आएको आपसी सद्भाव ,भाइचारा र आत्मियतालाई अझै बलियो बनाउन र जिल्लाको सामाजिक बिकासमा सकेको साथ र सहयोग जुटाउन कार्यक्रमको आयोजना गरिएको बताए । उनले नेपाली साहित्य जगतमा बिशेस स्थान राख्दै आएको र महाभारत महाकाव्य रचयिता महर्षि बेद ब्यासको जन्मस्थल एबम धार्मिक महत्वको बारेमा जानकारी गराउने उद्देस्य रहेको प्रस्ट पारे । 


सिड्नीको डार्लिंग हार्वर किङ्ग स्ट्रिटस्थित वार्फ़ २ बाट अपरान्ह ५. ३० बजे प्रारम्भ हुने सो क्रुज पार्टी राति १० बजे सम्म संचालन हुने छ । पार्टीमा स्थानिय डी जे तथा लोकप्रिय कलाकारहरुद्वारा गीत संगीत प्रसतुत हुने छ।  सो अवसरमा तनहुँ को लोकप्रिय कौरा नाच समेत प्रस्तुत गरिने आयोजक सस्थाले जनाएको छ । कार्यक्रमको बारेमा थप जानकारी तथा टिकटको लागि बिनोद सेन्चुरी ०४४९९९७२२४,हरि भट्टराई ०४२३२७९४०८ ,सुदिप ढकाल ०४२१४६०३३५,प्रकाश पौडेल ०४५०९२८५३५ ,संगीता खनाल ०४१६६४९८१९ र सुर्य खनाल लाई ०४३२६६१७०२ मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्