नेभिगेशन
नेपाल समाचार

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी

 

काठमाण्डौ ।  अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको यहि सेप्टेम्बर १४ तारिख शनिवार काठमाण्डौमा सम्पन्न छैटौं महाधिवेशनले राहुल रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । सस्थाका अनुसार निबर्तमान अध्यक्षमा अजय सत्याल (अमेरिका), उपाध्यक्षद्वयमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई)लाई चयन गरिएको छ । त्यसैगरी  मिडिया संयोजकमा रामराज ओली  (न्यूजिल्याण्ड) लाई चयन गरिएको छ । अधिवेशनले केन्द्रिय सदस्यहरमा केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), राजन काफ्ले (आयरल्याण्ड), दिपक श्रेष्ठ (ओमान), नवराज बस्नेत (नेपाल), कमान सिंह खत्री (सेशेल्स), नबिन गौतम (अस्ट्रेलिया), वीरेन्द्र श्रेष्ठ (स्पेन), सोमेस अर्याल (नाइजेरिया), बर्षा छेत्री (युगान्डा), नागेन्द्र जोशी (भारत), चन्दन भण्डारी (पोर्चुगल), भीमसेन थापा (दक्षिण कोरिया), गजन अधिकारी (यूएई), विकास सुवेदी (घाना), ज्योत्स्ना उपाध्याय (अमेरिका) र शेरब नामग्याल लामा गुरुङ (डेनमार्क) चयन गरेको जनाईएको छ ।  । २९ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

 कार्यक्रमको उद्घाटन गर्दै स्टार अस्पताल लिमिटेडका अध्यक्ष किशोर कुमार महर्जनले रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको खाचो औल्याए । उनले रक्तदानको जनमानसमा स्वतस्फूर्त रुपमा भावना आउनुपर्ने भन्दै उनले स्टार अस्पातलले आफ्नै ब्लड बैंक संचालन गरी दिनहु बिरामीलाई रगत उपलब्ध गराउदै आएको र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघसँग आफुले र स्टार अस्पतालले सह्कार्य गर्न पाउदा ज्यादै खुशी भएको ब्यक्त गरे । 

 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राहुल रेग्मीले संघ रक्तदान सम्बन्धी जनचेतना जगाई यसमा सरिक हुन प्रेरित गर्ने अन्तर्राष्ट्रिय संस्था रहेको र यसले अहिलेसम्म २१ देशमा आफ्नो भगिनी संस्थाहरु विस्तार गर्न सफल भएको र ३२ बढी देशमा यस्ता गतिविधिहरु भइरहेको समेत जानकारी दिए । 
 कार्यक्रममा बिनोद भट्टराईले  स्वागत मन्तब्य राखेका थिए भने संस्थाको सांगठनीक तथा आर्थिक प्रतिबेदन महासचिव राहुल रेग्मीले प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्ष, बिज्ञ तथा केन्द्रिय रक्तसंचार सेवाका पूर्व निर्दशक डा. मनिता राजकर्णिकारले नेपालमा रक्तदान क्षेत्रको योगदान, महत्व, बर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरुका बारेमा आफ्नो धारणा राखेका थिए ।
 
कार्यक्रममा पूर्व अर्थ सचिब सुमन शर्मा, पूर्व सचिब धरा सापकोटा, केन्द्रिय रक्तसंचार सेवाका निर्दशक पवन कुमार गुप्ता, ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य, टीयू लायन्स ब्लड ट्रान्सफ्युजन एन रिसर्च सेन्टरका अध्यक्ष रुद्रहरि ज्ञवाली, वरिष्ठ अधिवक्ता एंव संविधानबिद दिनेश त्रिपाठी, सर्वाधिक स्वयंसेवी महिला रक्तदाता निता घिरैया, गोयलापानी समाजका उपाध्यक्ष प्रेमभक्त रेग्मी, गैरआवासीय नेपाली संघका प्रतीनिधी कुनाल मिश्र लगायत को सक्रिय सहभागिता रहेको थियो ।  
 विश्वका बिभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्न, नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय संजालहरू स्थापना गर्न, रक्तदानको महत्वका बारे चेतना जगाउन, नियमित रक्तदाताहरुको संख्या बढाउन, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगि निकाय तथा संघसँस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउन र नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने उद्देश्य बोकेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले छैटौं महाधिवेशन सम्पन्न भएको आयोजक सस्थाले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्