नेभिगेशन
न्यू साउथ वेल्स

गजल मुशायराको "दशौं वार्षिकोत्सव" विशेष कार्यक्रम गर्दै सिड्नीमा मनाईने

सिड्नी । युग कवि मोतीराम भट्टको १ सय ५९ औ जयन्ती र गजल मुशायराको दशौं वार्षिकोत्सवको अवसर पारेर सिड्नीमा यहि सेप्टेम्बर २२ तारिख आइतवार “गजल मुशायरा २०२४”  गरिने भएको छ । गजल मुशायरा परिवारको यो तेर्हौं श्रृंखला अन्तर्गत हुने उक्त कार्यक्रममा २२ जना गजलकारहरुले दुईदुई वटा अ आफ्नो गजल बाचन गर्नेछन् । त्यसको साथ साथै कार्यक्रममा गायन र नृत्य पनि प्रस्तुत गरिने छ । सिड्नीमा रहेका दश जना गजलकारबाट सन् २०१४ मा पहिलो गजल मुशायरा शुरु भएको थियो ।

गजलकारहरुको संख्या हरेक बर्ष  पन्ध्र, बिस  ,पच्चिस हुदै बढ्दै गएको आयोजक सस्थाले जनाएको छ । यो तथ्याङ्कले गजल विधाप्रति बढ्दै गएको रुचि र चासो राख्नेहरुको संख्या प्रति कार्यक्रम संयोजक जितेन्द्र मल्ल खुशी ब्यक्त गर्दछन् । उनि भन्छन् - गजल मुशायरामा हरेक वर्ष हामीले केही नयाँ अनुहारहरू प्रस्तुत गर्छौँ र त्यो परम्परा अझै कायम छ  भर्खरै गजल लेख्न थालेका देखि गजलमै केही समय बिताएका सर्जकहरू लाई प्रस्तुत गर्दै नेपाली गजलको महिमा महत्व र गरिमालाई प्रवासमा बचाई राख्नु नै हाम्रो लक्ष हो । 
नेपाली गजल लेखन र वाचनको एउटा साझा र लोकप्रिय थलोको रुपमा गजलप्रेमी माझ लोकप्रिय रहेको गजल मुशायराको यो नियमित शृंखला यसअघि सिड्नीमा सात वटा र ब्रिसबेनमा दुई र एडिलेडमा , मलेसियामा, नुवाकोटमा  र अल्बेरीमा एकएक पटक  कार्यक्रम सम्पन्न गरिसकेको छ । 'गजल मुशायराको यो श्रृंखला दशौं वर्ष विशेष हुने आयोजक सस्थाले जनाएको छ । 


सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा हुने यो विशेस कार्यक्रमका बारेमा नेपाल न्युज अष्ट्रेलियासंग कुरागर्दै संयोजक मल्लले मुशायराको दश वर्ष पुगेको अवसरमा आयोजना हुन लागेको दशौं वार्षिकोत्सवको कार्यक्रममामा “गजल मुशायरा विशेषाङ्क २०८१” को लोकार्पण गरिने जानकारी दिए । यो विशेषाङ्कमा गजल मुशायरामा वाचन गरिएका गजलहरू सहितको यौटा ऐतिहासिक दस्तावेज  मुशायराले हालसम्म ९१० सर्जकहरुलाई गजल लेखनमा प्रोत्साहनस ९२० वटा कार्यक्रमसहित गजल सुन्ने/सुनाउने परिपाटीको विकास ९३० नेपाली गजललाई समेटिएको छ । मुशायरा परिवारले विश्वभर छरिएर रहेका १४० गजलकारसँग समन्वय गरेको छ । प्रवासमा नेपाली गजलको विकासमा लागि परेका अन्य संस्थाहरु र व्यक्तिहरुसित सहकार्य गरेर गजल प्रबर्धनमा सकेको साहयोग गर्ने सस्थाको उद्देश्य रहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्