नेभिगेशन
न्यू साउथ वेल्स

युबा व्यवसायी राजमान थकालीको  निधन 

 


सिड्नी । अष्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाउदै आएका युबा  व्यवसायी राजमान थकालीको ५० बर्षको उमेरमा होजो ( सेप्टेम्बे ७ तारिख शनिवार ) साँझ निधन भएको छ । अष्ट्रेलियाको नेपाली समुदायमाझ सरल, सहयोगी र  कर्मयोगिको छबि बनाएका थकाली लामो समयदेखि फोक्सोको रोगबाट पिडित थिए । थकाली खानाका परिकारलाई अष्ट्रेलिया भित्र्याउने काम गरेका थकालीले सिड्नीको टाउनहलमा सन् २०११ मा मुग्लान रेस्टुरेण्ट खोलेका थिए । अहिले मुग्लान रेस्टुरेण्ट र मुग्लान ग्रोसरी पसल  सिड्नीका बिभिन्न ठाउँमा संचालनमा रहेका छन् । उनी हिमाअस कन्सल्टेन्सी र मलबेरी इन्स्टिच्यूटका संचालक समेत हुन ।  

सन् १९९६ मा उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका राजमान थकाली अष्ट्रेलियाको  नेपाली समाजमा सामाजिक अभियन्ताको रुपमा चिनिन्छन । खेलकुदमा बिशेस रुचि राख्ने थकाली सहारा क्लब अष्ट्रेलियाका संस्थापक अध्यक्ष समेत हुन । खेलकुदले नेपाली समाजलाई एकाकार बनाउने थकालीको योगदान आफैंमा महत्वपूर्ण छ । उनका श्रीमती र २ जना छोराहरु छन् ।

अब मात्र सम्झनामा राजमान 

नेपाल न्युज अष्ट्रेलियाको स्थापनाका देखि नै हामिलाई साथ र  सहयोग गर्दै आएका सफल ब्यबसायी थकालीको निधनप्रति नेपाल न्युज अष्ट्रेलिया परिवार गहिरो दुख ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना व्यक्त गर्दछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्