·
सिड्नी । हरितालिका तीजको अवसरमा एडिलेड नेपाली समाज अष्ट्रेलियाको आयोजनामा यहि सेप्टेम्बर ६ तारिख शुक्रवार एडिलेडस्थित क्लोभेली पार्क मेमोरियल कम्युनिटी हलमा तीज कार्यक्रम सम्पन्न भएको छ । एडिलेड नेपाली समाज अष्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको उक्त तीज कार्यक्रममा एडिलेडमा रहेका नेपाली नारीहरुको बाक्लो सहभागिता रहेको थियो ।
नेपाली पण्डितहरुद्वारा स्थापना गरिएको जग्गेमा पुजाआजा गरिएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीहरुलाई निशुल्क रुपमा शुध्द साकाहारी भोजनको समेत ब्यबस्था गरिएको थियो ।
नेपाल न्युज अष्ट्रेलियासंग कुरागर्दै कार्यक्रम संयोजक लक्ष्मी आचार्यले सस्थाले बिगत १२ बर्ष देखि तीज कार्यक्रम गर्दै , दर खुवाउदै आएको र बिगत तीन बर्षदेखि जग्गे बनाएर मनाउने गरेको बताईन । उनले मौलिक ,सामाजिक एबम धार्मिक रुपले महत्वपुर्ण हाम्रा चाड पर्वहरुलाई प्रवासमा यसरी मनाउन पाउनु गर्वको बिषय भएको उल्लेख गरिन् । धार्मिक परम्परा अनुसार पुजाआजा गरिएको , मौलिक तीजका गीतमा नाचगान गरेर रमाइलो गरे । कार्यक्रममा करिव १२ सय जनाको सहभागी रहेको थियो । कार्यक्रमलाई सफल बनाउन साथ र सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा राफल चिट्ठाबाट पुरस्कृत सुनको तिलहरी प्रदान गरियो ।