नेभिगेशन
न्यू साउथ वेल्स

तीजको दिन सिड्नीको बरुड पार्कमा पशुपतिनाथ मन्दिरको झल्को 

सिड्नी । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा हिन्दु समाज अष्ट्रेलियाद्वारा सिड्नीको बरुड पार्कमा हिजो ( सेप्टेम्बर ६ तारिख शुक्रवार ) आयोजित तीज महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

सिड्नीमा बसोबास गरिरहेका नेपाली नारीहरुको बाक्लो सहभागीता रहेको तीज महोत्सवमा नेपालकी चर्चित गायीका सिन्धु मल्लले आफ्नो गितबाट सहभागीहरुलाई भरपुर मनोरंजन दिएकी थिइन् । कार्यक्रममा स्थानीय कलाकारहरुले समेत तीजको गित गाएका थिए भने सहभागी नरनारीहरु गीतको तालमा नाचेर मनोरंजन लिएका थिए ।


 तीजको मौलिक सामाजिक र धार्मिक महत्वलाई उजागर गर्ने उद्देस्यले हिन्दु समाज अष्ट्रेलियाले बिगत केहि वर्षदेखि तीज कार्यक्रम गर्दै आएको छ । सात समुन्द्रपार बसेका ब्रातालुहरुले पशुपतिमै पूजा गरे जस्तो महशूस गराउन कार्यक्रम स्थलमा पशुपतिनाथको मूर्ति प्रतिस्थापना गरी भक्तजनहरुलाई पूजा गर्ने ब्यबस्था मिलाइएको थियो ।

  बिहान ८ बजेदेखी राती ८ बजेसम्म श्रद्दालु भक्तजनहरुका लागि  पूजा आराधना, मेला तथा सांगीतिक मनोरन्जनात्मक तीजमय कार्यक्रम गरिएको थियो । सो अवसरमा  सांस्कृतिक तथा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समेत गरिएको थियो । 

हिन्दू समाज अष्ट्रेलिया तिज महोत्सवमा वैदिक पूजा र पशुपतिनाथ गंगा आरति ब्यवस्थापनको निमित्त नेपालका सबै जिल्लाहरुमा शिव साधना गरि संसारकै अग्लो शिव त्रिशूल निर्माण एवं कोटिहोम गरि कालाग्नि रुद्र पिठ लड्केश्वर धामकोको कृपा प्रसाद सहित नेपालबाट आएका पीठाधीश शिवसाधक मुकुन्द गुरुको सक्रिय सहभागिता रहेको थियो  ।

भक्तजनहरुको सहजताको लागि शिवको पुजाका निमित्त आवस्यक फलफुल, पुष्प, वेलपत्र, दुध, सौभाग्य साथै अन्य पूजा सामाग्रीहरु समेत सहजै उपलब्ध गराईएको थियो ।

महोत्सव विद्वत गुरुहरुबाट बिहान ९:३० बजेबाट शिव पूजा सुरु भइ गौदान,रुद्राभिषेक, शिव अर्चना, ब्रतपुजा, मध्यान्ह आरती, विविध सांस्कृतिक कार्यक्रमहरु गरि साँझको आरती पछी समापन गरिएको थियो । 

शिव आराधना चल्दै गर्दा दिउसो १ बजेदेखी तिज बिशेष सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो । नेपालबाट आएका कलाकारहरु तथा स्थानीय कलाकरहरुको बेजोड प्रस्तुती, नेपाली खानाका परिकारहरु, आकर्षक उपहार सहित लक्किड्र एवं साँझमा जयकारा सहित फायरवर्क्स (आतासवादी) यस बर्षको मुख्य आकर्षण रहेको आयोजक सस्थाले जनाएको छ । 


महोत्सवको औपचारिक कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल,एनएसडब्लू राज्यका लागि नेपाली बाणिज्यदुत संजिव शर्मा ,बरुड काउन्सिलका मेयर जोन फेकर र हिन्दु काउसिल अस्ट्रेलियाका अध्यक्ष साइ प्रभान्तुले कार्यक्रमको सफलताको शुभकामना मन्तब्य दिएका थिए ।  


नेपाल न्युज अष्ट्रेलियासंग कुरागर्दै हिन्दू समाज अष्ट्रेलियाका अध्यक्ष लक्ष्मी बास्ताकोटिले कार्यक्रमलाई ऐतिहासिक रुपले भब्य र सभ्य बनाउन यहाँको नेपाली समुदायको ठुलो योगदान रहेकोले सबै धन्यबादका पात्र भएको उल्लेख गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्