नेभिगेशन
सम्पादकीय

स्याबास नेपाली हिन्दु समाज अष्ट्रेलिया 

सम्पादकीय 

 नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजले एक बर्षका लागि हामिबाट बिदा लिएको छ ।  ऋषिपञ्चमीमा ऋषिहरूको पूजा आराधानासँगै महिलाहरूको यो पर्व सकिन्छ । सस्कृति र परम्पराको धनि नेपाली समाजमा प्रत्येक वर्ष तीज आउँछ र जान्छ । तीज मनाउँदै गर्दा त्यसको महत्व , आधुनिक युगका मानिसहरूको चाडपर्व मनाउने तौरतरिकामा फेरिएको प्रवृत्ति र जानेर वा नजानेर प्रवेश हुँदै गरेका वा गराइएका विकृतिका सन्दर्भमा टीकाटिप्पणी सुनिनुलाई अस्वाभाविक मान्न सकिदैन । तीज जति नजिकिन्छ,स्वदेश र बिदेशमा यसको चर्चा र परिचर्चा उति नै चुलिने गर्दछ । 


करिव दुई लाख नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियामा तीजको रौनकले एक महिना अघिदेखि झपक्कै छोप्दै आएको थियो । प्रवासमा नेपाली सस्कृति र परम्पराको जगेर्ना गर्दै यहाँ जन्मेका र हुर्किदै गरेका नयाँ पुस्तालाई यसको सास्कृतिक र सामाजिक महत्वका बारेमा जानकारी गराउने मूल उद्देस्य राखेर यहाँका विभिन्न संघ सस्थाले तीज कार्यक्रम गरे । केहि सामाजिक सस्था त केहि  प्राइभेट ईभेण्ट कम्पनीहरुले तीजका नाममा गरेका कार्यक्रमहरुले तीजको सास्कृतिक महत्व र मौलिकताको पक्षमा कति योगदान पुर्याए या पुर्याएनन् यहाँको नेपाली समाजले लेखाजोखा गर्दै गर्ला । तीजका नाममा नेपालबाट कलाकारहरु बोलाएर महँगो शुल्क लिएर पार्टी प्यालेस र फंसन सेन्टरमा गरिएका कार्यक्रमहरुले नेपाली सस्कृति जोगाउन र सम्बर्धन गर्न यहाँको समाजलाई के दिन सक्यो भन्ने कुराले महत्व राख्दछ । हो कम्पनी खोलेर ब्यापार ब्यबसाय र ईलम गर्न सबैलाई छुट छ र पाउछ । 


प्रवासको ब्यस्त दैनिकीको बाजजुद कुनै पनि कार्यक्रम गर्न कम्ति सजिलो छैन । कार्यक्रमको लागि प्रायोजक पाउन र टिकेट बिक्रि गर्न धेरैले धेरैको पापड पेल्नुपर्ने यहाँको नेपाली समाजको  यथार्थता हो । तर ओझिलो कार्यक्रम मार्फत् यहाँको समाजका लागि केहि गर्नुपर्छ र सकिन्छ भनेर दिल खोलेर साथ र सहयोग गर्ने मनकारी व्यवसायीहरु र व्यक्तिहरु पनि छन् यहाँ । यी सुन्दर मनहरुको  सहयोगी भावनाप्रति  हामी सबैले हृदय देखिनै आभार व्यक्त गर्न सके उनीहरुप्रति न्याय नै गरेको ठहरिने छ । यसपटकको  तीजलाई भड्किलो नबनाउन र संयमित तबरले मनाउन  उत्सव मनाउने क्रममा देखिएका केहि विकृतीजन्य व्यवहारमा सुधार आउनुपर्ने  देखिन्छ ।

तीजको दिन पारेर नेपाली हिन्दु समाज अष्ट्रेलियाले सिड्नीको बरुड पार्कमा गरेको तीज महोत्सव बिशेस रह्यो । आराध्यदेव भगवान पशुपतिनाथ मन्दिरको स्थापना गरेर ब्रतालु भक्तजनहरुलाई भगवान शिवको पुजाआजा गर्ने र पशुपति गङ्गा आरती प्रज्वलनको जुन प्रबन्ध गर्यो त्यो बास्तावाममै प्रसंसनिय रहेको छ । यहाँ नेपाली धर्म सस्कृति र परम्पराको सम्बर्धन र संरक्षणमा बिगतका दिनहरुमा हिन्दु समाज अष्ट्रेलियाले आफ्नै किसिमको बिशिस्ठ भूमिका खेल्दै आएको छ । सस्थाले लिएको लक्ष र उद्देस्य प्राप्तिको लागि यस सस्थासंग आबद्द सबैजना धन्यबादका पात्र हुनुहुन्छ । नेपाली सस्कृति अनि परम्परा र मौलिकतालाई जोगाउदै यो सस्थाले आगामी दिनमा पनि परम्परागत शैलीबाट तीज पर्व मनाउने  सामाजिक अभियानको नेतृत्व गर्न सकोस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्