नेभिगेशन
न्यू साउथ वेल्स

बद्री पंगेनीलाई सीड्नीमा सम्मान                 

   तीजको मौका पारेर सांगीतीक कार्यक्रममा सहभागी हुन सीडनी आईपुगेका चर्चित नेपालीगायक बद्री पंगेनीलाई अस्ट्रेलियामा एक विशेष कार्यक्रमका साथ सम्मान गरिएको छ।  सिड्नीको ग्रानभील स्थित ‘फ़्लेवर्स ऑफ़ नेपाल’ रेस्टुरेन्टले पंगेनीलाईखादा र कदर पत्रसहीत सम्मान गरेको हो। एनआरएनए ओसेनीया क्षेत्रीय संयोजक दिनेश पोखरेल र आयोजक राजेस केसीले पंगेनीलाई दोसल्ला ओढाएर सम्मान गरेका थीए । 

लोक तथा दोहोरी  गायक पंगेनीले सम्मान कार्यक्रममा ससुरालीमा’ लगायतका थुप्रै लोकप्रिय गीत गाएर उपस्थीत दर्शक श्रोताको बाहबाही लुटेका थीए । 

कार्यक्रममा नेपाल अस्ट्रेलीयन युथ एशोसीएसनका अध्यक्ष बिपीन थापा , झापाली समाज अष्ट्रेलियका अध्यक्ष अशोक उप्रेती र एनआरएनए एनएसडब्लु सचीब कल्याण खड्का लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।

समारोहमा बोल्दै गायक पंगेनीले अस्ट्रेलियामा रहेका नेपालीहरूको सांस्कृतिक कार्यक्रमप्रति अभूतपूर्व उत्साह देखिएकोमा प्रसन्नता व्यक्त गर्दै भने, “यहाँ आएरकार्यक्रम गर्न पाउँदा नेपालमै भएको जस्तो लाग्यो, र रमाइलो महसुस भयो।”

रेस्टुरेन्टका संचालक राजेश केसीले भने, “हाम्रो रेस्टुरेन्ट नेपाली समुदायको सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने एक साझा चौतारी बनेको छ। त्यसमाथी नेपाली लोकदोहोरीका श्रष्टालाई सम्मान गर्न पाउनु गौरवको बीषय पनि हो । अष्ट्रेलियाका क्षेत्रीय संयोजक दिनेश पोखरेलले पंगेनीको स्वागत गर्दै  हाम्रो कला संस्कृतीको पहीचान बढाउने लोकलयका अगुवालाई सम्मान गर्नु हाम्रो कर्तब्यपनी भएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्