नेभिगेशन
साउथ अष्ट्रेलिया

नारि निकुञ्जद्वारा एडिलेडमा तीज महोत्सव सम्पन्न 


सिड्नी । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा एनआरएनए साउथ अष्ट्रेलिया र नारी निकुञ्ज साउथ अष्ट्रेलियाले एडिलेडमा आयोजना गरेको तीज फेष्टिभल २०२४ भव्यताका साथ सम्पन्न भएको छ ।


एडिलेड स्थित  कोस ग्रोभ हल क्लोभेली पार्कमा यहि सेप्टेम्बर १ तारिख आइतवार सम्पन्न सो  तीज कार्यक्रममा नेपालकी चर्चित लोक गायिका सुनिता दुलालले सहभागीहरुलाई आफ्नो गीत बाट भरपुर मनोरंजन दिएकी  थिइन् । कार्यक्रममा नेपाली पाठशालाका बिद्यार्थी र  एडिलेडका स्थानीय कलाकारहरूले पनि आफ्नो आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।  कार्यक्रममा साउथ अष्ट्रेलियन सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले हामी जहाँ जसरी रहेपनि नेपाली कला सस्कृति र परम्परालाई बिर्सन नहुने बताउदै यस्ता कार्यक्रमले प्रवासमा नेपाली कला सस्कृति र चाड पर्वको एतिहासिक र धार्मिक महत्वका बारेमा सबैलाई जानकारी गराउने उल्लेख गरिन् ।    

कार्यक्रममा नारी निकुञ्ज साउथ अष्ट्रेलिया संयोजक रिज्नु अधिकारीलेसबैको साथ र सहयोगले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको बताउदै सहयोगी सबैप्रति आभार व्यक्त गरिन् ।  कार्यक्रममा सहभागीहरुलाई नारी निकुञ्जकी सदस्य अन्जु धितालले स्वागत मन्तव्यका साथ स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन नेहा धमलाले गरेकी थिइन् ।  

सो महोत्सवको मुख्य प्रायोजनको रुपमा रहेको अल इन वान एसियन ग्रोसरी र फ्रेस चुलो रेस्टुरेन्टले आफ्नो पाँचौं एनिभर्सरीको अवसर पारेर उक्त तीज कार्यक्रममा उपस्थित सबैलाई निःशुल्क तीजको दर खुवाएको थियो ।सो अवसरमा सहयोगी तथा संचारकर्मीहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा कालिकोटे ज्वेलर्स एडिलेडले राफल विजेतालाई मङ्गलसुत्र र नौगेडी समेत उपहारको रुपमा प्रदान गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साउथ अष्ट्रेलिया
 एडिलेडमा तीज मनाईयो 

 एडिलेडमा तीज मनाईयो