नेभिगेशन
समाचार

चितवन समाजको मिट एंण्ड ग्रिट कार्यक्रम सम्पन्न 


सिड्नी । फादर्स डेको अवसरमा चितवन समाज अष्ट्रेलियाले आज ( सेप्टेम्बर १ तारिख आइतवार ) सिड्नीको अबर्न पार्कमा मिट एण्ड ग्रिट कार्यक्रमको आयोजना गर्यो । सिड्नीमा बसोवास गरेका नेपाली हरुबीच भेटघाट तथा आपसमा शुभकामना आदान प्रदान गर्ने उद्देस्यले आयोजना गरिएको सो कार्यक्रममा बोल्दै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले चितवन समाज अष्ट्रेलियाले सामाजिक तथा कल्याणकारी कार्यमा महत्वपूर्ण योगदान पुर्याउदै आएको बताए । सस्थाले लिएको लक्ष र उद्देस्य प्राप्तिको लागि समुदायका सबैलाई समेटेर अगाडि बढ्नु पर्नेमा उनले जोड दिए । 
एनआरएनए ओसेनिया संयोजक दिनेश पोखरेलले आपसी भाईचारा र सद्भाव कायम गर्न सकेमा नै यहाको हाम्रो समुदायको पक्षमा काम गर्न सकिने बताउदै यस्ता भेटघाट र छलफलले हामिबीच रहेको आत्मियता र मित्रभावालाई अझ उचाईमा पुर्याउने बिस्वास व्यक्त गरे । 


कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै चितवन समाज अष्ट्रेलियाका निबर्तमान अध्यक्ष पुर्णनाथ घिमिरेले सामाजिक सद्भ्व्वा र भाईचारा लाई कायम गर्न सस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गरे । बार्बिक्यु सहितको सो भेटघाट कार्यक्रममा अबर्न नेप्लिज कम्युनिटीका अध्यक्ष जितेन श्रेष्ठ लगायतका बक्ताहरुले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।

सस्थाका अध्यक्ष पुरु सडौलाले  सहभागी हरुलाई धन्यावाद दिदै सस्थाका कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन समुदायका सबैको उत्तिकै भूमिका हुने धारणा व्यक्त गरे 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्