नेभिगेशन
समाचार

सीड्नीको नेपाल महोत्सवलाई ग्रेसको प्रायोजन 

हरेक दुइ बर्षमा बिसौ हजार नेपालीको उपस्थीतीमा आयोजना हुने सीडनीको नेपाल महोत्सवलाई ग्रेश इन्टरनेशनलले चालिस हजार डलर सहित मुख्य प्रायोजन गर्ने भएको छ । सीडनीस्थीत एनआरएन अस्ट्रेलियाको कार्यालयमा सम्पन्न कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र ग्रेस इन्टरनेशनल एजुकेशनको तर्फवाट सीमृता रन्जितकारले संझौतापत्रमा हस्ताक्षर गर्दै एक आपसमा सहयोग गर्न पाउदा खुसी लागेको बताए । 
एनआरएन अस्ट्रेलियाका महत्वपुर्ण कार्यक्रमका रुपमा हरेक दुइ बर्षमा आयोजना हुने नेपाल महोत्सव यही आउदो नोभेम्बरको अन्तिम साता पर्यटकिय थलो डार्लिङ हार्वरमा आयोजना हुदैछ । 
करिब तिस हजार नेपालीको प्रत्यक्ष सहभागिता रहने यस महोत्सवको मुख्य प्रायोजकको रुपमा ग्रेसले संझौता गरेपछि अब महोत्सवको नाम ग्रेस नेपाल महोत्सव हुने एनआरएन अध्यक्ष अनिल पोखरेलले बताए । ग्रेसकातर्फवाट यसका कार्यकारी रामचन्द्र पौडेलले कठिन समयमा पनि समुदायको हितमा हात अगाडी बढाउनु ग्रेसको जिम्मेबारीता र समपर्ण रहेको सुनाए । हामीले एनआरएनसँंगको सहकार्यलाई
 महत्वपुर्ण उपलब्धीका रुपमा लिएका छौ र आगामी दिनमा पनि हाम्रो सामाजिक दायित्व निभाउने कुरामा हामी पछि पर्ने छैनौ, पौडेलल् भने । 
कार्यक्रममा एनआरएन आइसीसीका सल्लाहकार दिनेशराज जोशी, एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, एनआरएन ओसेनिया संयोजक 
बिनोद कुवर ,  कोषाध्यक्ष अर्जुन गौतम , एनएसडब्लु उपाध्यक्ष दिपा जोशी , सचिब कल्याण खड्का , सदस्य रोशन भट्टराइ ,गगन बिडारी लगायतले महोत्सवको महत्वको बिषयमा आआफना धारणा व्यबक्त गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्