हज्जारौ छन् हामी दुई बाउ/छोरा सङ्ग जोडिएको कथाहरू जुन मध्ये बाउको सम्झनामा, आजो एउटा भन्नु पर्यो..(पढ्ने कथा..)
लगभग ४९ बर्ष पहिलाको कुरा हो..म १४ बर्षको हुदा ऐसेलुखर्क छोटी हुलाकमा बैदार काम गर्थे..अनी मेरो बङ्ग्सेली काका (भल काजी) माष्टर थिएन्..हामी दुई काका/भत्तीज बिहीबारे ठुले को पाली (भकारी घर) मा सङ्गै बस्थिउ ।
२०/२२ बर्ष उमेरको काका राखाको गल्लाबाट सिंगापुरको लाउरे भिड्नु ARO selection मा जॉदा म पनि रमिता हेर्नु राखा गए । ARO साक्सिला को Captain Rabilal साहेब हुनुहुन्थ्यो गल्लामा नाम लेखाकोहरू छानी सकेपछी रमिता हेर्नेबाट स्थानियलाई छान्ने भन्थ्यो अचानक Rabilal साहेबले मलाई तान्नु भो तर नाप/जॉचमा टिप्लीक्क उचाई (5’2”) बाहेक अरू कै पुगेन तरै पनी वाहाले धरान घोपा क्याम्पमा भिड्नु पाउने Ticket दिनु भो “मिट्ठोमिट्ठो खाएर बलियो भएर आउनु , हुन्छ ” भन्नुभो ।
सोच्दै नसोचेको कुरा म तिन छक्क परे तर खुसीको सीमा रहेन सोचे”अरू कत्ती म भन्दा लायकको हरू थिए सबै करा पुग्ने मेरो त तौल पनी पुगेन, छात्ती पनी पुगेन, उचाई मात्र मुस्किलले पुगेकोकसरी ticket पाए..” .. तर थाभो.. “यो गरिवको छोरा कतै भर्ती लागी हाल्छ की लागी हाल्यो भने धर्मै हुन्छ” भनेर Rabilal साहेबले Ticket दिनु भाको हो । दिक्तेलमा वाहा Welfare Officer हुन्दा वाहा को office अनी बसाई राखाल्नी बोजुको घर (जॉहा म डेरा गरेर बस्थे) छेउमा पुष्पाम्पाको घरमा थियो.. अनी वाहालाई मेरो अबस्था/हालत सबै थाहा थियो ।
एस्किमा , धरानमा लाउरे भिड्ने Ticket पाको मलाई त भर्ती नै भै सके जस्तो लाग्यो अनी म त बैदार काम राजिनामा दिएर बल्लियो हुनुलाई घर फर्के...😁
यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै पनी तेसपछी त गॉट्ठे हो बाउले भैसी मोलेर एक डोको मासु थुपारी हालेन् , गॉउ भरीको अण्डाले नपुगेर साप्रू, ससर्का, पाथेका, बाखमाला तिरबाट पनी अण्डा ल्याउनु थालेन्, तारीको भुने किकीलाई राउ खोला जाल खेल्नु पठाएर माछा ,उस्तै हलुमबाट किकी काजीले बिहानै पिच्छे तिन/चार माना दुध ल्याईदिन्थेन्..आमाले खट्टे खाजा टुटाएनन्.. बाउ गॉउ डुल्नु गयोकी कुख्रा ल्याएर आउथे, कम्ता त खाईएन माछ/मासु, दुध /घिउ..अण्डा.. धानको भात,खट्टे खाजा त - बलीयो हुनुलाई । मैलेगर्दा भाई/बैनीहरूको पनी रझॉई भो ।
एक/दुई दिनपछी बाउले सोधे ,”एहोई अनी तेरो तनखा चै कत्ती हुन्छ गरेउ?” मैले सुने अनुसार भने - “२३/२४ सय जस्तो हुन्छ ,गरे होउ” अनी बाउले भने - ”हन एहोई ऋण त एकै मैनामा तिर्ने रछस्त गॉट्ठे..” तेती बेला हाम्रो बाउको ऋण २,२५० रूपे थियो । सबै अन्ने बियाजी, सयकडा ५ पाथीको दरले मंसिरमा ५ मुरी १२ पाथी ४ माना बियाज भर्नुपर्थ्यो , आफ्नो जग्गा कत्ती पनी थिएन रछ, बर्खा भरी अरू को जग्गा (जुन चॉही पछी सम्म मैले हाम्रै होला भनी राको☺️)...अधिया कमाएर मंसिरमा अन्न भित्रायो..साहु हरू धोक्रो बोकेर आउथेन्.. भकारी रित्तो पारेर स्वाट् सुट्टै लान्दा खेरी त.. कम्ता नमिठो त हुन्दैन थियो नी बरी लै..😥😥😥
Well..खोई Rabilal साहेबले अराए जस्तो मिट्ठोमिट्ठो खाएर बलियो त भैयो भैएन , तर धरान जाने बेला चै आयो। भल काजी काका, काकी अनी उनीहरुको सानो छोरी लक्ष्मी बैनी जाने भए । उनीहरूलाई त पैसाको दुखो थिएन पिलेनमा जाने भए , यो कुरा मैले बाउलाई सुनाको ”लु एहोई तो पनी पिलेन मै जा म चै हिडेर आङ्छु” भने बल्लबल्ल अलिक बलियो बनाको छोरा हिडेर जान्दा दुब्लाङ्छ भनेर होला नी..🤣
बाउले हाङ्गे किकी सॉईला (ईण्डियाको लाउरे) सङ्ग ऋण काडेन र पिलेनको भाडा १०० दिएर पहीलो चोटी लामीडॉडा देखी पिलेनमा उडाए मलाई । बिराटनगरको टिकट नपाएर राजबिराजबाट धरान गयौ । घोपा क्याम्प छिर्न अघी एक/दुई दिन धरानको बसाई चौकीबारी भलकाजी काकाको ससुरालीमा भयो , काकीलाई धरानबाट भगाएर दिक्तेल पुराए पछि पहिलो पटक छोरी/जुवाई , सानो नातनीसंग घर आको । एक दिन बाजे (काकाको ससुरा) ले जुवाईलाई एकसरो लुगा किन्दिने भनेर बजार लानु भो , तेतीबेला रेडिमेड लुगा हुन्नथ्यो , छेकेर सिलाउनु पर्थ्यो । बाजेले काकालाई सर्ट ,पाइण्ट र कोट अनी ऋषि कपुरले लाउने जस्तो 😀 हिल वाला बुट 🥾 किनी दिनुभो । मैले पनी कै न कै चै भेट्छु होला भन्ने ठुलो आशा थियो तर unfortunately.. बाजेले त ”नातीलाई चै पछी” पो भन्नु भो...🤣🤣🤣🤣
Well... लाउरे भिड्नु छिरियो घोपा क्याम्प..आर्मीको हरियो तम्बुमा बसेरभिडियो , दौडने, उफ्रिने, बोकेर हिड्ने, लाक्पा खेल्ने.. सबैसबै बलको काम मा त..मलाई कल्ले पो भेट्थ्यो र.. तर के गर्नु.. तेत्रो मिट्ठोमिट्ठो खाएर पनी..unfortunately बोसो लागेन , Chest नफुलाउदा ३० ”.. फुलाउदा ३२ ” हुनुपर्ने... बलैले फुलाउदा त नघाईयो नी ३२ ” तर नफुलाउदा २८” मात्र, तौल चाहिएको ५० kg,४ kg जस्तो केरा/चिउरा खान्दा पनी ४८.५० kg…😙😙
नौरानको बल निकालेर भिडियो, तर भित्र कताकता था भै सकेको थियो - मेरो बाउ नराम्रो घतले फसिने वाला छ भनेर । अनी आयो the Final Day.. नाङ्गै छातीमा नम्बर बोकेर... Football Ground मा लागियो line.. DRO ले भर्ती लाग्नेलाई अगाडि तान्थ्यो.. नलाग्नेलाई निर्मम्ताको साथ पछाडी धकाली दिन्थ्यो...☺️☺️
यो दिन कसरी भुलउ र... DRO… अघाडी तान्दै..पछाडी धकाल्दै.. नजिक नजिक आउदै थियो... मेरो बाउ...ऊ..पर ऑपको रूख मुनी amidst the रमिते crowd.. बुधे फोपो (ईण्डियाको लाउरे) ले देको..सेतो cotton को खास्टोले सप्को मारेर... मलाई नै seemingly ऑखै चिम नगरी हेरी राको थिएन... DRO.. मेरो छेउ मै आई सकेको थियो । अचानक मेरो ऑखा आफ्नै छाती तिर गयो...देखे.. मेरो करङ् हरू फुत की फुत उफ्री रहेको थियो... आयो..आयो DRO.. मेरै अघाडी उभियो.. अनी तेस्को अधर्मी हात ले... मलाई पछाडी धकाली दियो..😥😥
Well.. हाम्रो गॉउबाट..भल काजी फोपो र तारीखेतक़ो ऋखीस्वोर दाई सिंगापुर गएन्.. बर्माली गॉउको भिमसेर तामाङ काका र बर्खे केप्टेन मितबाउको छोरा बल राम हंगकंगको लाउरे भए...अनी म चै र.. भल काजी फोपोको पुरानो लुगा including ऋषि कपुर वाला बुट कुम्लो कसेर मेरो बाउ खोज्दै हिडे..☺️☺️.
ठुलो उत्शुक्ता...बाउ छेउमा पुग्दा बाउले के भन्छ होला कस्तो हुन्छ होला भनेर.. तर गॉट्ठे बाउ त फनक्क फन्केर टुई टुई टुई हिडे बुडा त... बुडा त के भनुङ् तेती बेला ३४ बर्षको थिए, तर बु..डो लाग्ने😜😜
के गर्नु र.. म पनी हिडे बाउको पछीपछी...धरान बजार पसेर उकालो ठुई ठुई हिडे.. सायद घर जाने बाटो एतै होला भनेर म पनी पछी पछी पछ्याए.. तर बाउ त माथी फुस्रेमा लेख गॉउ बर्खेको केप्टेन मित बाउको छोरा पुर्णकुमार दाईसंग पैसा ऋण माग्नु गाको रछन । पुर्णकुमार दाई तेती बेला महेन्द्र क्याम्पस पढ्दै गरेको..त्यो भन्दा अघी घोपा क्याम्प को Depot High School पढ्नु भाको ।
पुर्णकुमार दाईले बाउ र मलाई एक एक गिलास चिया र दुईदुई वोटा सिंगडा (Samosa) खुवाउनु भो... for some strange reasons, त्यो चिया र सिंगडा खाएको याद मेरो जिन्दगीमा सारै नै चहकिलो रह्यो अनी अझै छ..भाग्यबस यो कुरा पुर्ण कुमार दाईलाई भन्ने मौका पाए.. but unfortunately, तेती बेला वाहा terminally ill हुनु हुन्थ्यो...a great man - one of the few who I was planning on meeting again once happenings in life eased off.. but it was not to be…🥲🥲
Well.. पुर्णकुमार दाईले पैसा दिए होला तेसपछी फेरी बाउ ठुँई ठुँई ठुँई ओरालो हिडेन फुस्रेबाट.. तल झरेर केके किनेन हो.. अनी मलाई चै “ला यो बोक” भनेर एक चौथाई मट्टी तेल दिए अनी सुँई सुँई तेर्सो लागे ।
खोई कता हो कता तेती बेला त , तर अईले सोच्दा..चै था भो हामी बाउ/छोरा हिडेको बाटो... भानु चोकबाट रत्न चोक हुन्दै जंगलै जंगल चतरा..बारह क्षेत्र...चतराको भिर (धेरै सुनेको तर नदेखेको)...माझी बुडीको थलो..त्रिबेणी.. पिखुवा खोलै खोला ..२२ जॉगर तर्दै.. पाहार पानीको उकालो..दॉवाको तेर्सो... छिनामखुको उकालो.. हुन्दै सिरूबास, दम्दी, पाथेका हिडी सकियो तिन/चार दीन.. संगै भात पाकाङ्छुङ् खान्छुङ्.. सत्छुङ् उठ्छुङ्...गॉट्ठेहो.. बाउ टुक/टाक बोलेको भापो.. ☺️☺️
आखिरी दीनमा गैरी खानीबाट सीटा बालेर राती घर पुगिंग.. घर पुग्ने बेला एउटा खिरोउको रूख थियो तेती बेला... बल्ल पो बुडा त कत्ती दीन पछी बोलेको... फनक्क फर्केन अनी...”आबो तो भर्ती पनी लागिनस्...तो र मो...ईण्डियाको लाउरेको भारी बोक्नु जाने बुझीस”.. भनेर कड्किए गॉट्ठे.... म त चुप चाप.. के चै भन्नु र होउ..बिचरा मेरो बाउको disappointment.. frustrations.. सबै बुझी राको त छु नी.. तर के पो गर्नु र..☺️☺️
अनी तेस पछी घर पुगियो...यो moment पनी कसरी face गर्ने भन्ने कुराले सधै पोली राख्थ्यो.. मलाई कत्ती गारो भो भन्ने कुरा त मलाई बाहेक कसैलाई था हुन्दैन.. it’s been almost half a century since that moment.. मेरो आमा..सुभैरा, ईखे र उमेशको अनुहार मलाई झलझली याद छ...यॉहा हामी सबैको सपना चकनाचुर भाको छ...😥😥
- बाउको सपना...ऋण मुक्त हुने...आफ्नै जग्गा पात किन्ने.. घोडा कीनेर चढ्ने..ब्यापार गर्ने
- आमा को सपना - कान मा मार्बुली लाउने
- सुभैरा (बार बर्ष पगी सकेको) को सपना - गहना र पेवा पात बडाउने
- ईखे/उमेश (सानै केटा/केटी) को सपना - धाने बियाजी तिर्नु नपरे पछी धानको भात खानु पाउने..
- कल्पना - त आमा को दुद नै चुस्दै थियो
- मेरो सपना - बाउ को ऋण तिर्ने अनी गॉउमा सिरक किनेर टन्नै बॉड्ने..ता की राती वोड्ने लुगा नभएर कोई पनी उठेर आगो ताप्नु नपरोस.. खास्टो माथी झुसुन खापी राख्नु नपरोस..
आखिरी..हामी सबै को सपना... खरानी भयो😥😥😥😥