नेभिगेशन
न्यू साउथ वेल्स

नेप्लिज अस्ट्रेलियन युथ एसोसियनको अन्तरक्रिया कार्यक्रम 

 

सिड्नी, अस्ट्रेलिया, नेप्लिज अस्ट्रेलियन युथ एसोसियन (नया)ले संस्थागत विकासका लागि एक अन्तरक्रीया कार्यक्रमको आयोजना गरेको छ ।

सिड्नीको म्यारिल्याण्डमा रहेको एनआरएन अष्ट्रेलियाको  कार्यालयमा शनिवार एनआरएन अष्ट्रेलिया अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।  

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै विश्व बदल्ने शक्ति युवा शक्ति भएकोले नेपाली युवाहरु सबैमाझ उदाहरणीय बन्नुपर्ने बताउनुभयो ।  उनले नेपालीहरूबीच एकता, सद्भाव र पारस्परिक सहयोगमा युवाको भुमिका महत्वपुर्ण भएकोले युवाहरुको शक्ति परिचालन र सदुपयोग सही ठाउँमा गर्नुपर्ने बताउनुभयो ।

उहाँले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुहुँदै संस्थाको विकासका लागि पारदर्शीता, जवाफदेहीता र उत्तरदायी मुल विषय भएकोले  नयाँ कार्यसमितिले यो विषयलाई आत्मसाथ गर्दै अगाडी बढन् भन्नभयो । साथै, उहाँले यस किसिमको कार्यक्रमले युवा क्षेत्रको समग्र विकासलाई दिशानिर्देश गर्न सहज हुने भएकोले नयाँ कार्यसमितिलाई आफ्नो र आफ्नो नेतृत्वको संस्थाले आवश्यक साथ सहयोग सधैं गर्ने आश्वासन दिनुभयो।

नवनिर्वाचित अध्यक्ष बिपिन थापाले आमन्त्रित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा युवाहरुको बृहतर हितलाई ध्यानमा राखी सबैलाई समेट्दै दिर्घकालिन कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष निजन चौलागाईले नयाँ कार्यसमितिलाई बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना दिँदेँ आफनो यस नवनिर्वाचित कार्यसमितिलाई पूर्ण समर्थन रहेकोले आफ्नो सधैं साथ र सहयोग रहने बताउँनूभयो।

कार्यक्रमको सञ्चालन महासचिव सुमन श्रेष्ठले गर्नुभएको थियो। उनले सबै युवा सदस्यहरूलाई एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। 

नयाँ कार्यसमितिले आउने दिनमा नेपाली समुदायमाझ रक्तदान कार्यक्रम गर्ने साथै बारबिक्यू कार्यक्रम लगायत बार्षिक रुपमा च्यारिटीको लागि गर्दै आएको क्रुस पार्टीलाई निरन्तरता दिने र समुदायमा थप संगठन विस्तारको लागि प्रभावकारी रुपमा अघि बढने अध्यक्ष थापाले बताउनूभयो । 

कार्यक्रममा उपस्थित सहभागीहरूले सो कार्यक्रम निकै उपलब्धिपुर्ण भएकोले युवा शक्ति संगठित र एकजुट हुनुपर्ने प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्