नेभिगेशन
न्यू साउथ वेल्स

नेप्लिज अष्ट्रेलियन युथ एसोसियसनको अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिड्नी । नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया)ले संस्थागत विकासका लागि यहि अगस्ट ३१ तारिख शनिवार सिड्नीको म्यारिल्याण्डमा रहेको एनआरएन अष्ट्रेलियाको  कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।  कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले  विश्व बदल्ने शक्ति युवा शक्ति भएकोले नेपाली युवाहरु सबैमाझ उदाहरणीय बन्नुपर्ने बताउदै  नेपालीहरूबीच एकता, सद्भाव र पारस्परिक सहयोगमा युवाको भुमिका महत्वपुर्ण भएकोले युवा शक्तिको परिचालन र सदुपयोग सही ठाउँमा उपयोग गर्नुपर्नेमा जोड दिए  ।

नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै पोखरेलले संस्थाको विकासका लागि पारदर्शीता, जवाफदेहीता र उत्तरदायी मुल विषय भएकोले नयाँ कार्यसमितिले यो विषयलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
नवनिर्वाचित अध्यक्ष बिपिन थापाले आमन्त्रित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा युवाहरुको बृहतर हितलाई ध्यानमा राखी सबैलाई समेट्दै दिर्घकालिन कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे  ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष निजन चौलागाईले नयाँ कार्यसमितिलाई बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना दिँदेँ सस्थाको कल्याणकारी कार्यमा आफ्नो सधैं साथ र सहयोग रहने बताए ।
नयाँ कार्यसमितिले आउने दिनमा नेपाली समुदायमाझ रक्तदान कार्यक्रम गर्ने साथै बारबिक्यू कार्यक्रम लगायत बार्षिक रुपमा च्यारिटीको लागि गर्दै आएको क्रुज पार्टीलाई निरन्तरता दिने र समुदायमा थप संगठन विस्तारको लागि प्रभावकारी रुपमा अघि बढने अध्यक्ष थापाले बताए ।  सस्थाका महासचिव सुमन श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्