नेभिगेशन
न्यू साउथ वेल्स

लेबर पार्टीवाट बरउडमा सुकृती भट्ट काउन्सीलरको उमेदवार



अस्ट्रेलियामा नेपाली समाज बढदैगर्दा यहाको केन्द्रिय राजनितीमा समेत नेपालीको उपस्थीती बलियो हुदै गएको छ । पछिल्ला दुइ केन्द्रिय निर्वाचनमा दुइ नेपाली युवाहरुले सत्ताधारी दल लेबर र प्रतिपक्ष लीबरलवाट सांसदको टिकटमा चुनाब लडे । प्रतिस्पर्धात्मक परिणाममा हार स्वीकारेपनि अस्ट्रेलियाका ठुला राजनिती दलले बिस्तारै नेपाली समुदायका उमेदबारहरुलाई विभिन्न जिम्मेबारीमा अगाडी बढाएको देखिन्छ । यसैक्रममा आगामी महिना हुने स्थानिय निर्वाचनमा लेबर पार्टीले सीडनीको बरउड क्षेत्रको काउन्सिलमा स्वीकृती भट्टलाई उमेदबारको रुपमा अगाडि बढाएको छ । सत्ताधारी दल लेबरवाट मेयर जोन फेकरको नेतृत्वमा स्वीकृतीले काउन्सिलरको उमेदबारको टिकट प्राप्त गरेकी हुन । एनआरएन अस्ट्रेलियामा समेत लामो अनुभव संगालेकी स्वीकृती लामो समयदेखि अस्ट्रेलियामा बसेर सामाजिक कार्यमा संल्गन रहदै आएकी छिन । आगामी १४ सेप्टेम्बरका न्यु साउथवेल्स राज्यमा स्थानिय निर्वाचन सम्पन्न हुदैछ । यो मेरो लागि मात्र नभइ हाम्रो समुदायको लागि पनि गौरवको कुरा हो ,स्वीकृतीले उमेदबार घोषणा कार्यक्रममा बताइन । नेपालवाट अस्ट्रेलिया आएर बसीसकेपछि अब हामीले नेपालको राजनिती होइन यहाको राजनितीमा संल्गन हुनु पर्दछ भन्ने मेरो पुरानै मान्यता हो त्यसैले पनि म यस पटक स्थानिय राजनितीमा उमेदबार बन्ने भएको छु , स्वीकृतीको प्रतिक्रिया थियो । 
अस्ट्रेलियामा बसेर हामीले नया पुस्तालाई वाटो देखाउन सक्यौ भने उनिहरुले पनि भोलीका दिनमा यहाको माटोको राजनिती बुझन सक्छन र वाटो समाउन सक्छन ।  नेपालको राजनितीमा अलमलिएको नेपाली समाजलाई स्वीकृतीको तिखो र मिठो टीपर्णी थियो । यसअघिको एनआरएन निर्वाचनमा समेत उपाध्यक्षमा स्वतन्त्र उमेदबार बनेकी स्वीकृतीले सम्मानजनक भोट ल्याएकी थिइन । मेरो उमेदबारी हामी सबैको साझा उमेदबारी हो त्यसैले पनि सबैले आआफनो क्षेत्रवाट सहयोग गरिदिनुहुने विश्वास लिएको छु । मैले चुनाब जित्नु भनेको नेपाली मुलकी एउटी छोरीले चुनाब जित्नु हो ,यो मुलुकसँग जोडिने बिषय पनि भएकोले बरउड क्षेत्रमा बस्ने र बाहीर बस्ने सबै नेपाली समाजका अगुवाहरुले माया गरिदिनु हुने बिश्वास लिएको छु । लेबरको पकड भएको यस क्षेत्रमा स्वीकृतीको उमेदबारीलाई महत्वको बिषयका रुपमा हेरिएको  सीडनीका कानुन व्यवसायी शम्सेरसींह थापाले बताए ।

कार्यक्रममा सांसद सेल्ली सीटौ , ज्यासोन ली लगायतले अस्ट्रेलीयाको राजनीतीमा बहुसांस्सकृतीक समुदायको महत्वपुर्व भुमीका रहेको बताए ।

शनिबार आयोजित भेटघाट कार्यक्रममा  मेयर जोन फेकर , स्वीकृतीको टिम तथा लेबरका नेताहरुको समेत उपस्थीती रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्