नेभिगेशन
कला/शैली

फ्लेभर्समा सोमबार बद्री पंगेनी



तिजको लहरसंगै प्रवासमा कलाकारको बाढी आएको बेला सीडनी आइपुगेका चर्चित लोकदोहरी गायक बद्री पंगेनीले नेपालीहरुको बाक्लो बस्ती रहेको ग्रावभीलस्थीत फ्लेभर्स अफ नेपालमा भेटघाट सहित आफनो प्रस्तुती दिने भएका छन । सीडनीको सबैभन्दा बढि नेपालीहरुको उपस्थीती रहेको अर्वन ग्रानभिल क्षेत्रमा सोमबार साझ फ्लेभर्स अफ नेपालले मिट एन्ड ग्रीट विथ बद्री पंगेनी कार्यक्रम आयोजना गर्न लागेको हो । लोकदोहरीका चर्चित गायकलाई भेटघाटका साथ सम्मान पनि गरिने फ्लेभर्सका संचालक राजेश केसीले बताए । सामाजिक कार्यमा संल्गन रहेका राजेशले गित संगित मार्फत मुलकका प्रतिभालाई साक्षात्कार गराउने र लोकदोहरीका पारखीहरुलाई जमघट गराउने आफ्नो उद्देस्य रहेको बताए । जन सम्पर्क समितीका उपाध्यक्ष समेत रहेका राजेश एनआरएनका अभियन्ता समेत हुन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्