नेभिगेशन
न्यू साउथ वेल्स

ग्र्यानभिलको टाउन हलमा तीज महोत्सव सम्पन्न 

सिड्नी । नेपाली कला सस्कृति तथा साहित्य प्रतिस्ठानद्वारा नेपाली नारी हरुको महान् पर्व तीजको अवसरमा यहि अगस्ट २४ तारिख शनिबार सिड्नीको ग्र्यानभिलस्थित टाउन हलमा तीज महोत्सव सम्पन्न भएको छ । कार्यक्रममा नेपाली दिदि बहिनीहरु रातो सारी चोलीमा सजिएर तीज गीतमा नाच गान गरेका थिए । चेलीहरुको उपस्थितिले टाउनहल खचाखच भरिएको थियो ।

कार्यक्रममा एन एस डब्लू राज्यका लागि नेपाली बाणिज्यदुत संजिव शर्माले नेपाले कला सस्कृतिको सम्बर्धनमा  नेपाली कला सस्कृति तथा साहित्य प्रतिस्ठानले पुर्याउदै आएको योगदान प्रसंसनिय रहेको बताए । उनले हामी जहा जसरी रहेपनि आफ्नो सस्कृति ,परम्परा र रिति रिवाज लाई बिर्सन नहुने उल्लेख गरे ।

कार्यक्रममा  कम्बरल्याण्ड काउन्सिलका मेयर लिसा लके र डेपुटी मेयर ओला हमेदले बहुसास्कृतिक मुलुक अष्ट्रेलियामा आफ्नो सस्कृति र परम्पराको संरक्षण र सम्बर्धन गर्न नेपाली समुदायले खेल्दै आएको भूमिका अरु समुदायका लागि उदाहरणीय रहेको बताउदै यहाँको नेपाली समुदायको समस्या समाधानका लागि आफुहरुको साथ र सहयोग रहने प्रतिबद्दता व्यक्त गरे ।

कार्यक्रममा लक्की ड्र बिजेताहरुलाई पुरस्कृत गरिएको थियो । आयोजक सस्थाकी उपाध्यक्ष  कल्याणी बर्तौलाका अनुसार महोत्सवमा साढे दुई सय भन्दा बढी को सहभागिता रहेको थियो ।

 नेपाली कला सस्कृती र परम्परालाई अष्ट्रेलिया पनि संरक्षण र सम्बर्धन गरि नयाँ पुस्तालाई नेपाली सस्कृति परम्परा र रिति रिवाजको बारेमा जानकारी गराउने उद्देस्यले राखेर सस्थाले बर्षेनी तीज लगायत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रममा  सस्थाकी अध्यक्ष सुजाता के सीले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्