नेभिगेशन
न्यू साउथ वेल्स

 नेपाली हिन्दु समाज अष्ट्रेलियाले सिड्नीको बरुड पार्कमा ऐतिहासिक तिज महोत्सव गर्दै 


सिड्नी । मातृभुमिबाट जति नै टाढा पुगेपनी नेपालीहरु आफ्नो संस्कृतिबाट चै टाढा हुन सक्दैन । यसै यथार्थतालाई आत्मसाथ गर्दै विगतका बर्षहरुमा झै यस बर्षपनि नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारि ''तिज महोत्सव २०२४'' हुन गैरहेको छ ।  नेपाली हिन्दु समाज अष्ट्रेलियाले ६ सेप्टेम्बर २०२४ शुक्रबार तिज पर्वकै दिन पारि बरुड पार्कमा ऐतिहासिक तिज महोत्सव हुनलागेको बताएको छ ।

राष्ट्रदेव पशुपतिनाथ मन्दिरबाट हजारौ कोश पर बसेका ब्रातालुहरुले पशुपतिमै पूजा गरे जस्तो महशूस गराउने हेतुले वरउड पार्कमा पशुपतिनाथको मूर्ति प्रतिस्थापना गरी पूजा गर्ने अबसर प्रदान गर्न लागिएको छ।  बिहान ८ बजेदेखी राती ८ बजेसम्म श्रद्दालु भक्तजनहरुकालागि  पूजा आराधना, मेला तथा सांगीतिक मनोरन्जनात्मक तीजमय कार्यक्रमको आयोजना गरिएको कुरा सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम हुने आयोजक सस्थाले जनाएको छ । 
हिन्दू समाज अष्ट्रेलिया तिज महोत्सवमा वैदिक पूजा र पशुपतिनाथ गंगा आरति ब्यवस्थापनको निमित्त नेपालका सबै जिल्लाहरुमा शिव साधना गरि संसारकै अग्लो शिव त्रिशूल निर्माण एवं कोटिहोम गरि  कालाग्नि रुद्र पिठ लड्केश्वर धामकोको कृपा प्रसाद सहित नेपालबाट पीठाधीश शिवसाधक मुकुन्द गुरु सिड्नीमा आगमन भै सकेको छ  । 
 महोत्सवका बारेमा नेपाल न्यूज अष्ट्रेलियासंग कुरागर्दै हिन्दू समाज अष्ट्रेलियाकी अध्यक्ष लक्ष्मी बस्ताकोटीले भक्तजनहरुलाई सहजता होस भनि शिवको पुजाका निमित्त आवस्यक फलफुल, पुष्प, वेलपत्र, दुध, सौभाग्य साथै अन्य पूजा सामाग्रीहरु समेत सहजै उपलब्ध गराई विद्वत गुरुहरुबाट बिहान ९:३० बजेबाट शिव पूजा सुरु भइ गौदान,रुद्राभिषेक, शिव अर्चना, ब्रतपुजा, मध्यान्ह आरती, विविध सांस्कृतिक कार्यक्रमहरु गरि साँझको आरती पछी महोत्सव समापन हुने बताएकी छिन् । 

दिनभरिनै कार्यक्रममा सहभागिता जनाउनुहुने भक्तजन एवं कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने सहयोगी संस्थाका प्रतिनिधिहरुलाई कालाग्नि रुद्र पीठको तर्फबाट कोटिहोमको प्रसाद एवं आयोजकबाट मायाको चिनो प्रदान गर्ने कार्यक्रम समेत रहने छ । 

शिव आराधना चल्दै गर्दा दिउसो १ बजेदेखी तिज बिशेष सांस्कृतिक कार्यक्रम पनि सन्चालन हुनेछ । नेपालबाट आएका कलाकारहरु तथा स्थानीय कलाकरहरुको बेजोड प्रस्तुती, नेपाली खानाका परिकारहरु, आकर्षक उपहार सहित लक्किड्र एवं साँझमा जयकारा सहित फायरवर्क्स (आतासवादी) समेत महोत्सवका मुख्य आकर्षण रहने बताइएको छ । 

हिन्दु समाज अष्ट्रेलियाले पर्व अनुसारका कार्यक्रमहरु  बर्षेनी गर्दै आएको छ ।  हाम्रा पुर्वजहरुले दिएको जन्म र संस्कारलाई पछ्याउदै आज हामी यो मुलुकको दौड्धुपमा छौं । नेपाली मौलिक सांस्कृतिक धरोहर (मन्दिर) नभएकोले लामो समयदेखि नेपाली मौलिकता जोगाउन यस्तै कार्यक्रम गर्दै हिन्दु समाज अष्ट्रेलिया परिवार प्रयासरत छौ अबभने बहुआयामिक मौलिकताको नेपाली मन्दिर निर्माण गर्न सबै नेपालीहरु Greater Sydney Nepalese Multicultural Centre  (GSNMC) को अभियानमा सबै जुटुन भन्नको लागि पनि यो साधना सहितको महोत्सव हुनलागेकोले  पंडित प्रकास ढोडारीले महोत्सव सफल बनाउन सिड्नीको नेपाली समुदायहरुलाई आग्रह गरेका छन्  ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्