नेभिगेशन
बिचार/ब्लग

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !


 

 गौरा पर्व मनाउन टुँडिखेलमा जम्मा भएको भिडले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हुटिंग गरेको बडो चर्चा छ। देउवा बोल्न थाल्दा होहल्ला चर्किएपछि देउवा कड्किए-“लाज पनि छैन। अर्काको कार्यक्रम बिथोल्ने? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति? यही हो नेपालको चलन? यही सिकेर आएको ? बकवासहरु।”
गौरा पर्व मनाउन आएकाहरू देख्दा देउवाको बिरोध गरेको देखिएपनि प्रत्यक्षदर्शीहरूका अनुसार भिडले आफूहरुलाई नेताहरु नचाहिने भन्दै मुर्दावादको नारा लगाएको थियो। 
हालका बिरक्तलाग्दो राजनीतिक परिस्थितिमा यो एक प्रतिनिधिमूलक घटना हो। केही अघि यस्तो भएको भए काँग्रेसजनले यसलाई शायद देउवाका बिरूद्ध ओलीको षडयन्त्र भन्न सक्थे। यहाँ ओली स्वयं मंचमा थिए। उनले यस हुलहुज्जतको भर्त्सना पनि गरेका छन्। प्रचण्डको प्रतिकृया ज्ञात भएन, यद्यपि प्रचण्ड समेतका बिरूद्धको घान हो यो। समग्रमा नेताहरू प्रतिको बितृष्णा भनौं।  
मेरो बिचारमा यसो हुनु हुदैन्थ्यो, भयो। यस अघि स्वयं प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल आदि सबैसंग यस्तो भैसकेको छ। शायद फेरी फेरी हुदै जाने होला। अहिलेको साल-सम्वत् को दिशा यस्तै देखिन्छ। 
आज देउवा रिसाए। स्वभाविक पनि हो। सबै पालैपालो रिसाउछन्। टुँडिखेल धेरै कुराको साक्षी छ, भलै यसको अभिलेख कतै न होला। कुनै समय जनमत संग्रहको परिणामलाई बिपी कोईरालाले स्वीकार्दा यस्तै भएको थियो। पहिलो जनआन्दोलन पछि गिरिजा प्र.कोईरालाले “यो सबैको जित हो, राजाको पनि” भनी बोल्दा उनि तारो बनेका थिए। तेस अघि बि.स. २०३६ को बिद्यार्थी आन्दोलन पश्चात “जनमत संग्रहको घोषणा” स्वीकार्दा तेस बेलाका बिद्याथी नेताहरू बलबहादुर केसी तथा शरण बिक्रम मल्ललाई तेही टुँडिखेलमा जम्मा भई निस्केका भीडले जुत्ताको माला, कालोमोसो दली ठेलामा घुमाएका थिए। स्वयं बिपी कोईरालाले तेही आयोजित सभामा शेरबहादुर देउवा, जो तेस बखत थोरै नाम चलेका नेपाल बिद्यार्थी संघका सभापति थिए-उनलाई “शेरे सुदूरपश्चिमांचल” भनेका थिए। बिपीको तेस बेला देउवालाई राष्ट्रिय राजनीतिको परिदृश्यमा पुर्याउने एक बिचारित पहल थियो त्यो। उही शेरबहादुर आज सुदूरपश्चिमेहरू कै घानमा परेर संयमता गुमाएको देखियो। 
तर, चुरो कुरो त के हो भने-यो जनताको रोष हो। यसको विवेक भनेकै ‘रोष’ हो। यस्ता रोषहरूले बदलाव ल्याईदिन्छ। राजाहरूलाई फ्याकिदिन्छ। राष्ट्रपिता भनिनेहरूको सालिकलाई ढालिदिन्छ। बिश्वयुद्धका बिजेताहरूलाई चुनावमा सोत्तर पारिदिन्छ। हजारौं हजार उदाहरणहरू छन् यसका। 
हिजो अस्ती नै काठमांडूमा कतै बालेन शाहको ठूलो क्रेज देखिएको थियो। जनताले बिशाल समर्थन जनाएको चर्चा सेलाएको पनि छैन। एक पटक बसन्तपुर दरबारको बार्दलीमा राष्ट्रपति समेतको उपस्थितिमा बालेन बालेन भएको थियो। बिचरा राष्ट्रपतिलाई हिनताबोध भयो होला। यस्तो भैरहन्छ। जबकि, यस्तो भैरहनु हुदैन। यसका सन्देश तथा संकेत बुझ्नु पर्दछ। 
यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका बुजुर्गहरू। हुल्लडबाजहरूले केही गर्न सक्दैनन्।” यसो सोच्दा त हुन्छ, जबकि यस्तो सोचाई उनिहरूका लागि घाटाको कुरो हुनेछ।
नेपालको जनसंख्यामा ६५ बर्ष नाघेकाहरूको जनसंख्या  ५.९०% छ। यस्ता बुजुर्गहरू आज तेहाँ थिएनन् होला। उनिहरू यसो गर्दैनन् होला। यसो गर्ने त १५-४४ उमेर समूहका युवाहरू हुन्छन्। जसको जनसंख्या कूल जनसंख्याको ५०.३७% छ। यो सत्य तथ्यांक हो। सरकारहरू त चुनाव जित्न निर्वाचनको आचार संहिताले बन्देज न लाउन्जेलसम्म सचिबहरू, प्रहरीका महानिरीक्षकहरू, अख्तियारका आयुक्तहरू, यस्तै यस्तैले सरकार बनाउन, आफ्ना पार्टीलाई बिजयी बनाईदिन मद्दत गर्नेछन् भनेर यस्तै राजकीय उपक्रम तिर लागेका हुन्छन्। अनि यो बारूदको गोलो, १५-४४ उमेर समूहका ५०.३७ प्रतिशतकाहरूले चालै न दिईकन् दलहरूको स्थितिलाई उल्टोपुल्टो बनाई दिन्छ। किन भने यिनीहरूलाई टुँडिखेलबाट जे भनिएपनि तिनीहरू ‘भोटर’ हुन्। मतदाता हुन्।
यिनका पनि त केही कुरा होलान ? जस्तो कि आज टुँडिखेलमा देउवाले बोल्दा तलबाट आवाज आयो-“हामी नेताहरूलाई सुन्न आएको होईन।” 
बस्, यति नै हो नेताहरूले बुझ्नु पर्ने कि तिनीहरूले किन यसो भने कि “हामीहरू नेतालाई सुन्न आएको होईनौं।” 
बस् यति बुझ्नुस्। आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् ! 
यिनैले हिजो, कुनै समय “शेरे सुदूर पश्चिम जिन्दावाद” भनेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
आ बाट - आलस, आलु

आ बाट - आलस, आलु

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...