नेभिगेशन
न्यू साउथ वेल्स

नयाको नेतृत्व चयन , बिपीन चुनिए अध्यक्ष

naya-1-1724495011.jpg


सिड्नी ।  झन्डै १२  बर्ष अगाडि  स्थापना भएको नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (नया) को साधारणसभाले बिपिन  थापाको नेतृत्वमा नया कार्यसमीती निर्विरोध चयन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थीतीमा सिड्नी स्थित  बार्दली फंगसन् सेन्टरमा  अगस्त २४ तारिक    शनिबारका दिन सम्पन्न पाचौं साधारण सभाले थापाको  नेतृत्वमा  पूर्ण कार्य समीती चयन गरेको हो ।  
तेस्तै उपाध्यक्षमा शेखर महासचिवमा सुमन श्रेष्ठ सचिवमा मिलन सहसचिवमा  राजेश कोषाध्यक्षमा  श्रवण भट्टराई,युवा संयोजकमा लेखमणि त्रिटाल,आईटी संयोजकमा  कृष्ण ढकाल,महिला संयोजकमा प्रियंका सिटौला,कार्यक्रम संयोजकमा  जेनिश लामा थिङलाई चयन गरेको छ ।  
त्यस्तै कार्यकारी सदस्यहरूमा युवराज गुरागाइ,निरज पन्थ ,गणेश बानियाँ ,सुनिल गौतम ,विज्ञान ढकाल,सौगत त्रिपाठी ,विज्ञान अधिकारी ,मोहन थापा ,भुवन जंग बस्नेत, विकल्प घिमिरे र केदार रायमाझी  चयन  भएका छन्  ।  

अध्यक्ष थापाले सबै को  साथ    र  सहयोगलाई  धन्यवाद  दिदै  आगामी दिनमा हातेमलो  गर्दै सस्थाको हितमा  अगाडि बढने बताए ।  
अध्यक्ष निजन चौलागाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संस्थाका महासचिव सत्यप्रकाश कँडेलले सञ्चालन गरेका   थिए  ।  कार्यक्रममा 
राप्रपा कोशी प्रदेश सभासद भक्ती सिटौला, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, NSW  का  वाणिज्यदुत सन्जिव शर्मा , विश्व हिन्दु महासंघका नेपाल अध्यक्ष रामचन्द्र अधिकारी सस्थाका सस्थापक अध्यक्ष कोमलराज पाठक लगाएत बिभिन्न  संघ सस्थाका   प्रतिनिधिहरुको बक्लो उपस्थिति   रहेको थियो ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्