नेभिगेशन
कला/शैली

शान्तिश्रीको स्वरमा ‘जवानीले पोल्यो’ (भिडियो)

तीजको पूर्व सन्ध्या पारेर गायिका शान्तिश्री परियारको स्वरमा अर्को एउटा नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतको बोल छ– ‘जवानीले पोल्यो…।’ यसअघि शान्तिश्री परियारकै स्वरमा तयार भएको ‘बिस्तराले पोल्यो…’ गीत चर्चामा आएको थियो ।

‘बिस्तराले पोल्यो’ गीतको भिडियोमा ग्ल्यामर नृत्य प्रदर्शन गर्ने कलाकार सञ्चिता बोलेखेले नै ‘जवानीले पोल्योे’ गीतमा पनि नृत्य गरेकी छिन् ।

‘जवानीले पोल्योे’ गीतका शब्दहरु तुला आर लामिछानेले रचना गरेका हुन् भने यसमा पवन परियारको संगीत तथा संगीत संयोजन छ । सागर बाजुराली यो गीतका रेकर्डिष्ट हुन्।

तुला आर लामिछानेले नै निर्माण गरेको यो गीतको म्युजिक भिडियोमा सञ्चिता बोलखे र पुष्कर राउत फिचर्ड छन् । जवानी र मायाको कुरा गरिएको गीतमा सञ्चितालाई निकै ग्ल्यामर रुपमा प्रस्तुत गरिएको छ ।

सुरेश पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा कमल भक्तको सहायक कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, उमेश थापा मगरको सहायक सम्पादन, प्रविण ढकालको कलर, प्रिया नगरकोटी पाण्डेको हेयर र मेकअप तथा दिव्यराज सुवेदीको छायांकन छ । भिडियो टीआर सिरिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्