नेभिगेशन
कला/शैली

नयाँ तीज गीतमा केकी‌ (भिडियो)

काठमाडौं- अभिनेत्री केकी अधिकारीद्वारा अभिनित नयाँ तीज गीत सार्वजनिक भएको छ । मौलिक तीज गीत ‘माइतै रमाइलो’को भिडियोमार्फत अभिनेत्री अधिकारी दर्शकमाझ आएकी हुन् ।

गीतकार शीतल कादम्बिनीको शब्द रचना, गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तीज मनाउदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ ।

पछिल्लो समय आएका विकृत र अश्लील खाले तीजको गीतबाट दिक्क भएका श्रोता, दर्शकका लागि यो गीत एउटा मौलीक र सन्देश मुलक हुने निर्माण पक्षको दावी छ ।

हरि लम्सालद्वारा संगीतबद्ध गीतको भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो निकेश खडका निर्देशित भिडियोमा हरि हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्