नेभिगेशन
न्यू साउथ वेल्स

भोलि जनै पुर्णिमा तथा रक्षाबन्धन के हो र किन मनाइन्छ?

हिन्दु धार्मिक शास्त्र अनुसार हरेक बर्षको साउन महिनाको शुक्ल पूर्णिमा तिथिको दिन पर्ने हिन्दुहरुको धार्मिक तथा साँस्कृतिक पर्व जनैपूर्निमा नयाँ जनै धारण गर्ने तथा बिधिबत रक्षाबन्धन र ऋषितर्पण गरी धुमधामका साथ मनाउने पर्व हो । एक दिन अगाडिदेखि ब्रत बसी एकाबिहानै स्नान गरी चोखो नितो भई जौ, तिल, कुशद्वारा बिधिवत ऋषि तर्पण गरी वैदिकविधि पूर्वक मंत्रित नयाँ जनै फेर्ने चलन रहेकाले यस पर्वलाई जन  भाषामा जनैपूर्णिमा भनिएको छ । जनै पूर्णिमा तथा रक्षाबन्धनका दिनले विभिन्न धार्मिक एबं पौराणिक प्रसङ्गहरु सम्झाई राखेको हुन्छ ।

भविश्यपुराणमा उल्लेख्य भए अनुसार सत्य युगमा बारम्बार युध्दमा दानव राज दानवेन्द्र महावलि हारेर देवराज इन्द्र समेत लखेटिएका समस्त देबगणलाई सुरक्षा हेतु गुरु वृहस्पतिले रक्षा बिधान तयार पारी बाँधेको मंत्रित रक्षा सुत्रका कारण नै देवराज इन्द्र बिजयी भएका थिए भन्ने पौराणिक कथनबाट अभिप्रेरित रक्षाबन्धनको परम्परा हिन्दुहरुको लागि आजसम्म मानिदै आएको छ ।

त्यसै गरी श्रीमद्भागवत महापुरणमा बर्णन भए अनुसार जप, तप र तपस्याबाट भगवान बिष्णुलाई आफुसँग बस्न बाध्य तुल्याउन सक्ने दानवराज वलिलाई बिष्णु भगवान नफर्किएर चिन्तित माता लक्ष्मीले चतु¥याइँका साथ रक्षा बन्धन बाँधेर आफ्नो भाइ बनाई दानावराज को कब्जाबाट बिष्णु भगवानलाई मुक्त गरेको दिन साउन शुक्ल पूर्णिमा कै दिन हो ।

अर्को कथन अनुसार यमदुतले आफ्नी बहिनी यमुनासँग राखी बाध्ने क्रममा जस जसले यस दिन पवित्रताको राखी बाँद्दछन् ति सबै यमदुतका सजाय र भय बाट मुक्त हुन्छन भनी दिएको बचन अनुरुप राखी बाध्ने प्रचलन आएको भन्ने किंवदन्ती पनि रहेको छ ।

यस दिन सबै जना जनै लगाउन तागाधारीहरुले पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन । यस दिन सबैले ब्राह्मण पुरोहित तथा भान्जाहरुसँग रक्षा बन्धन बाध्न लगाउने चलन छ । ब्रह्माण्डहरुले गाउँ घरमा सबैतिर गई सबै मानिसलाई रक्षा बन्धन बाँधेर टिका लगाई दिने गर्दछन् ।

जनै पूर्णिमा अर्थात रक्षा बन्धनको पावन दिनमा नेपाल लगाएत भारतमा दिदीबहिनीले दाजु भाइ लाई दीर्घायु र स्वथ्य सफल जीवनको कामना गरी अनेक थरिका कलात्मक राखी बाँधी आफ्ना दाजु भाइबाट आफ्नो रक्षा को बचन लिने गर्दछन् ।

यो पबित्र दिनलाई काठमाडौँको नेवार समुदायमा गुन्हुपुन्ही भनि मनाइने चलन छ । आफ्नो विभिन्न किसिमका स्वरबाट वर्षा र खेतीको बारे कृषकलाई जानकारी दिने भयागुताले गठे मुंगलका दिन नरभक्षी घण्टासूरलाइ बाटो भुलाई खाल्डोमा जाकिदिएकाले नेवार समुदायका मानिस जनै पूर्णिमा अर्थात् रक्षा बन्धनको दिन भ्यागुताको पूजा गर्ने र उसलाई खेतमा लगेर खाना खुवाउने चलन रहेको छ ।

बिशेष गरी यस दिन नेवार समुदाय मा नौ थरी गेडा गुड़ी मिसाई भिजाएर टुसा उम्रे पछि क्वाँटी बनाई खाने र आफन्तलाई खुवाउने चलन छ । यसरी बनाएको क्वाटी खानाले शरीरमा रोग नलाग्ने पेट सफा हुने र बर्षाका कारण चिसो भएको शरीरबाट सर्दी बाहिर जान्छ भन्ने विश्वास गरिन्छ ।

यसैबीच ऋषि तर्पणी जनै पूर्णिामाको  अवसरमा  नेपाली हिन्दु समाज अष्ट्रेलियाले भोलि ( अगस्ट १९ तारिख सोमबार ) निम्न  समय र स्थानहरुमा वैदिक गुरुहरुले वैदिक विधिबाट अभिमन्त्रित यज्ञोपवीत  जनै र रक्षाबन्धन पन्डित गुरुहरुबाट  धारण गर्ने कार्यक्रम आयोजना गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्