नेभिगेशन
न्यू साउथ वेल्स

उन्नत श्रम बजारको खोजीमा वैदेशिक रोजगार बोर्ड 

मानसिक स्वास्थ शिक्षा र टेली मेडिसिन सेवा उपलब्ध गराउने

उन्नत श्रम बजारको सम्भावना र यसका चुनौतीहरुका बिषयमा चासो राख्दै वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेती सहितको टोली अस्ट्रेलिया आइपुगेको छ ।

अस्ट्रेलियाका नेपाली र श्रम बजार ,यसको संभावना बुझन र अध्यन गर्न आएको टोलीले प्रारम्भमा एनआरएन अस्ट्रेलियासँंग एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । जसमा रोजगार बोर्डले बैदेशिक रोजगारीमा गएका र जोडीएका परिवारलाई दिदै आएको मानसिक स्वास्थ शिक्षा र टेली मेडिसिन जस्ता कार्यक्रमहरु पनि आवश्यक परेमा उपलब्ध गराउने बचनद्धता प्रकट गरेको छ ।

कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक उप्रेतीले नया गन्तब्य र उन्नत श्रम बजारको खोजी पनि बोर्डको कार्ययोजना भित्र पर्ने भएकोले यसलाई अगाडि बढाइएको जानकारी दिए । उप्रेतीले भने,जब नेपाली समुदायको उल्लेख्य सहभागिता रहन्छ त्यहा संभावनाका अन्य पाटाहरु पनि देखिन थाल्छन ,यसैले पनि अस्ट्रेलिया सरकारसँंग श्रम संझौता गर्न सकीयो भने अर्थ र प्रविधिका सवालमा हाम्रो श्रम बजारले महत्वपुर्ण उपलब्धी हासिल गर्न सक्ने देखिन्छ ।

त्यसैको प्रारम्भीक बिन्दुका रुपमा यहाका समुदाय , एनआरएन र राजदुतावास लगायतका निकायहरुसँंग बिषयको उठानका लागि हामी आइपुगेका हौ । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले मानसिक स्वास्थ र टेलि हेल्थसँंगै अस्ट्रेलियाको कृषीमा श्रमीकको ठुलो बजार भएकोले यसमा हाम्रो जस्ता कृषी प्रधान देशले पहल सुरु गर्नुपर्ने बताए ।

उनले भर्खरै नेपाल र अस्ट्रेलिया बिच ब्यापार संझौता सम्पन्न भएको र यसले श्रम संझौताको पनि वाटो खुल्न सक्ने हुनाले यसलाई वोर्डले सरकार समक्ष प्रस्तावका रुपमा लगोस भन्ने आफुहरुको चाहना रहेको बताए । अस्ट्रेलिया कृषीमा उन्नत प्रविधीयुक्त मुलुकका रुपमा कहलिएकोले पनि नेपालीहरु कृषी मजदुरका रुपमा आउन पाए पैसासँंगै शिप र दक्षता लिएर फर्कने अध्यक्ष अनिलको कथन थियो । 

एनआरएनका केन्द्रिय सल्लाहकार दिनेशराज जोशीले अस्ट्रेलिया र नेपाल सरकारको कुतनितिक सम्वन्ध निकै लामो भएपनि संभावना र अवसरहरुलाई भने अगाडि लान नसकेको तितो सत्य भएको बताए । दक्षिण एशियाका कतिपय देशले वर्किङ होलिडे भिषा पाइसकेका छन तर नेपालले त्यसमा पनि पहल गरेको छैन । दुइ बर्षका लागि पाइने यो भिषामा आउनेले फुल टाइम कृषीमा काम गर्ने अधिकार समेत प्राप्त गर्छन । अहिले साउथ अमेरिका, पुर्वी एशिया र युरोपवाट १० औ हजार यस्ता भिषा होल्डरहरु कृषी मजदुरमा कार्यरत छन, जसमा निकै राम्रो आम्दानी छ । 

एनआरएन अस्ट्रेलियाका सल्लाहकार बुद्धी डल्लाकोटीले संभावना र चुनातीका बिच पहलकदमी महत्वपुर्ण कदम भएको बिचार ब्यक्त गरे । डल्लाकोटीले भने रोज्नु परयो , खोज्नु परयो अनि त पाइन्छ , नेपालले कहिले संभावनामा पहलकदमी नै गरेको देखिदैन । कार्यक्रममा एनआरएन नारी निकुन्जकी अध्यक्ष संगिता चापागाइले यहा हजारौ विध्यार्थीहरुमा मानसिक स्वास्थमा समस्या देखिएता पनि उनिहरु खुलेर बाहिर आउन नसक्दा समस्याले उग्ररुप लिदै गएको बताइन । यसलाई नेपाल सरकारले पनि गम्भीर रुपमा लिएर आउनुअघि नेपालमै अभिभावक समेतलाई राखेर कक्षा संचालन गर्ने हो भने प्रभावकारी हुने बताइन । 

कार्यक्रममा एनआरएन एनएसडब्लुकी उपाध्यक्ष दिपा जोशीले मानसिक स्वास्थपनि एउटा सामान्य रोग हो ,यसवाट मुक्ती पाउन सकिन्छ भन्ने सोचको बिकास गर्न जरुरी रहेको बताइन । नत्र नेपाली समाजमा यस्ता समस्यामा परेका विध्यार्थीहरु सार्वजनिक हुन नचाहने प्रर्वतीले बढी समस्या ल्याएको जोशीले बताइन ।

एनआरएन अस्ट्रेलियाका केन्द्रिय सदस्य सत्य प्रकाश कडेलले विध्यार्थीहरुलाई सरकारले श्रम बजारमा परिभाषमा नराखेको र अस्ट्रेलिया कामदारका रुपमा निजी श्रेत्रवाट प्रायोजन भिषामा आउनेले पनि श्रम स्वीकृती लिनु नपर्ने भएकोले श्रम संझौता पहिलो प्राथमितका बन्नु पर्ने बिचार ब्यक्त गरे । कार्यक्रममा पुर्व आइसीसी सदस्य दिपक भट्टराइ, योगा प्रशिक्षक सीमोन न्यौपाने लगायतले आआफना धारणा प्रस्तुत गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
शिव र करण सिड्नीमा घन्कने

शिव र करण सिड्नीमा घन्कने

शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...
राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका...